‘लुम्बिनीमा ५ हजार हैन ५ सय मानिस अट्ने सभाहल बनाएर देखाउ’ – देउवा

loading...
फाइल फोटो

फाइल फोटो

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । आइतबार नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिको भैरहवामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ओलीले झुटा सपना बाँडेर जनता झुक्याउने काम गरिरहेको आरोप लगाए ।

शनिबार प्रधानमन्त्री ओलीले लुम्बिनीमा पाँच हजार मानिस अटाउने सभाहल बनाउने घोषणा गरेको २४ घण्टा नवित्दै देउवाले एक वर्षभित्र सभाहल बनाउछु भन्नु व्यवहारिक रुपमा कठिनाई भएको तर्क गरे । उनले भने– ‘लुम्बिनीमा ५ हजार होइन् ५ सय मानिस अट्ने सभाहल बनाएर देखाउन ओलीलाई म चुनौति दिन्छु ।’ दैनिक नेपालमा खबर छ । प्रधानमन्त्री ओलीले शनिबार भगवान गौतम बुद्धको जन्मभुमि लुम्बिनीमा आयोजित २५६० औं बुद्ध जयन्ति समारोहलाई सम्बोधन गर्दै पाँच हजार अट्ने सभाहल एक वर्षभित्रै बनाउने घोषणा गरेका थिए ।

सभाहल नहुँदा उत्तरी छिमेकी चीन लगायत विदेशबाट आएका पाहुनाहरु, भिक्षुहरु हिलाम्य टेन्टमा बस्नुपरेको थियो । हिजो कार्यक्रमको पूर्व सन्ध्यामा पानी परेपछि कार्यक्रम स्थल पुरै हिलाम्मे बनेको देखेर प्रम ओलीले सभाहल बनाउने घोषणा गरेका थिए ।

loading...
Loading...