‘कत्लेभञ्ज्याङ’ सङ्क्षिप्त चिनारी

loading...

✍नविन खड्का
पूर्वी नेपालमा अविस्थत काेशी अञ्चलकाे सङ्खुवासभा जिल्ला अन्तर्गत खाँदवारी नगरपालीका वडा नं. १३ मा अविस्थत संसारकै सवभन्दा गहिराे अरूण उपत्यकामा दुईवटा सुन्दर समतल भूभाग अर्थात टारहरू रहेकाछन् । यी टारहरूलाई तुम्लिङटार नामले पुकारिन्छ । अरूणनदीले निर्माण गरेका ती मैदानहरूलाई एउटा सुन्दर भञ्ज्याङले जाेडेकाे छ जसलाई कत्लेभञ्ज्याङ नामले पुकारिन्छ ।
image

किम्वदन्ति अनुसार पूर्वकालमा अरूण नदी र सभाखाेलाकाे सङ्गम तुम्लिङटारकाे सिह्रानमा थियाे रे । पछि पानीकाे वहावले भूमि खियाउदै लानेक्रममा अरूण नदी र सभाखाेला दुवै गहिरिदै गए र प्राकृतिक रूपमै छुट्टिएर सातटारे (हालकाे त्रिवेणीघाट सम्म) अलग-अलग धारमा बग्न थाले । नदीकाे वहाव फरक भएपनि अरूण नदीमा विचरण गरिहिड्ने उन्मत्त कत्लेमाछाहरूलाई भने यसले कुनै असर पारेन । ती कत्लेमाछाहरू अरूण नदीबाट उफ्रदै यस भञ्ज्याङलाई पारगरी सभाखाेलामा पुग्थे रे ।
image

साेहि कारण यस भञ्ज्याङलाई कत्लेभन्ज्याङ नामले पुकार्न थालिएकाे हाे भन्ने कुरा यहाँकाे समाजबाेलीले भन्छ । हाल अरूण नदी र सभाखाेला यस भन्ज्याङकाे निकै गहिरार्इबाट वहन्छन् जसकारण हालका पुस्ताहरूले याे किम्वदन्तिलाई सजिलै पत्याउदैनन् । परन्तु वास्तविक सत्य यहि हाे रे । यस भेकमा प्रचलित गर्रा भाकामा गाइने पुरानाे लाेकगीतले याे लाेक कथालाई ठट्याैलाे पारामा यसरी पुष्टि गरेकाे पाइन्छ –

हा… अरूणैको कत्लेमाछा, सभाखाेला धाउँछ लहै हजुर
बुढोपोइको अाेछ्यान लाउन जाँगर मरिअाउँछ लहै हजुर ।

लेखक अरुण उपत्यका लोक सॉंस्कृतिक अनुसन्धान केन्द्रका अध्यक्ष हुनुहुन्छ ।

loading...
Loading...