धनकुटाको “छिन्ताङ जाल्पादेबी”

loading...

✍नबिन खड्का

यो प्रसिद्द शक्तिपीठ पूर्वी नेपालमा अवस्थित काेशी अञ्चलकाे धनकुटा जिल्ला अन्तर्गत छिन्ताङ गा.वि.स. मा अवस्थित एक घना जङ्गलकाे विचमा रहेकाे छ । यी भगवतीलाई ‘छिन्ताङ जालपादेवी’ नामले पुकारिन्छ । जलबाट प्रकट हुनुभएकीले यी भगवतीलाई जलपादेवी नामले पुकारिएकाे र पछि उक्त नाम अपभ्रम्स भइ जालपादेवी हुनगएकाे हाे । खुल्ला अाकाश मुनि वरिपरी पर्खालले घेरिएकाे स्थानमा रहेकाे याे शक्तिपीठमा भगवतीकाे प्रतिकस्वरूप असङ्ख्य त्रिशुल, घण्टी र पुराना हातहतियारहरू रहेकाछन् । भगवतीकाे मूल प्रतिकस्वरूप चाहिँ यस मन्दिर परिसरमा रहेकाे पानीकाे मूल र मानेकाे बाेटलाई मानिन्छ ।
image

किम्वदन्ति अनुसार पूर्वकालमा यस क्षेत्रमा ठूलाे खडेरी पर्नगयाे । खडेरीकाे कारण पानीका मूहानहरू सुक्नथाले । खडेरीकाे चपेटामा परेर मानव, पशुपंक्षी, बाेटविरूवा अादि भकाभक मर्न थाले । सुख्खा खडेरीकाे कारण जताततै हाहाकार मच्चियाे । यस्तैमा याे समस्याबाट मुक्ति पाउने उपायकाे खाेजीमा यस क्षेत्रमा वसाेवास गर्ने एकजना बृद्द किरात घुम्दै हाल सङ्खुवासभा जिल्लामा अवस्थित अाँखिभूइँ भन्ने गाउँमा पुगेछन् । राती सपनामा उनलाइ देवी भगवतीले दर्शन दिदै भन्नुभएछ ‘हे मनुष्य ! मैले तिमीहरूकाे समस्या बुझेकी छु । अव तिमीले भाेली विहान सवेरै उठेर चाेखाेनिताे भइ यस स्थानमा रहेकाे सिमखेतकाे हिलाे माटाे एउटा मानेकाे पातमा पाेकाे पारेर लैजाउ र तिम्राे गाउँ नजिककाे जङ्गलमा लगेर राख । यसाे गर्याै भने तिमीहरूले खडेरीबाट मुक्ति पाउने छाै र तिमीहरूकाे कल्याण हुनेछ । ’
image

यति भन्दै ती भगवती त्यहाँबाट अन्तर्ध्यान हुनुभएछ । भाेलीपल्ट भगवतीकाे अाज्ञानुसार ती वृद्द एउटा मानेकाे पातमा सिमखेतकाे हिलाेमाटाे बाेकेर अाफ्नाे गाउँ फर्केछन् । सरासर घर पुगेका ती किरातले उक्त हिलाेमाटाे घरकाे छानाेमा सिउरिएर राखेछन् । दिनभरकाे हिडाइले लखतरान परेका ती बृद्द खानपिन गरेर सुत्न गएछन् । राती उनलाई विरामले च्यापेछ । यस्तैमा उनकाे सपनामा पुनः भगवती प्रकट हुनुभर्इ दर्शन दिदै भन्नुभएछ ‘हे मनुष्य ! तिमी मैले भनेकाे नमानेर विरामी परेका हाै । भाेली विहान सवेरै उठेर त्याे हिलाेमाटाेलाई जङ्गलमा लगेर राखिदेउ तव मात्र तिमीलाई सञ्चाे हुनेछ । ’

भगवतीकाे अाज्ञा अनुसार ती बृद्दले भाेलीपल्ट विहानै उठि उक्त हिलाेमाटाेलाई नजिकैकाे जङ्गलमा लगेर राखेछन् । त्यसपछि उनले सवै गाउँलेहरूलाई भेलागरी याे कुरा उनिहरू समक्ष कहेछन् । भाेलीपल्ट गाउँलेहरूले उक्तस्थानमा गएर हेर्दा त्यहाँ राखिएकाे मानेकाे पातले जरा हालिसकेकाे रहेछ र उक्त स्थानमा ठूलाे पानीकाे मूल समेत उत्पन्न भएकाे रहेछ । पानीकाे मूल फुटेपछि विस्तार-विस्तार सुख्खा खडेरी हटेर जताततै हरियाली छाएछ । त्यसपछि खुसीभएका गाउँलेहरूले उक्त पानीकाे मूल र मानेकाे बाेटलार्इ श्री जलपादेवी भगवतीकाे प्रतिक मानि यहाँ एक मन्दिर स्थापना गरी पूजाअाजा गर्न थालेका हुन् भन्ने कुरा त्यहाँकाे समाजबाेलीले भन्छ ।
image

सङ्खुवासभा जिल्लाकाे सिद्दकाली गाउँमा रहेकी श्री सिद्दकाली भगवती, अाखिभूइँमा रहेकी श्री धर्मदेवी भगवती र धनकुटाकाे छिन्ताङमा रहेकी यी जालपादेवी भगवतीलाई ३ दिदीबहिनीकाे रूपमा पूजिन्छ । यस दिव्यभूमिमा रहेका दर्शनिय स्थलहरूमा श्री कन्यामाई,नागपाेखरी, जागित्राथान, पुखाङ्लुङथान अादि हुन् । याे शक्तिपीठका प्रथम पूजारी किरात राई वंशका ‘ब्रुरूलेन नाक्छाेङ’ हुन् । अहिलेसम्म उनैका सन्तानले यी भगवतीकाे नित्यपूजा अारधना गर्दैअाएका छन् । पूजारीले जाँड, रक्सी, माछा, मासु जस्ता खाद्यवस्तुहरू सेवन गर्नु हुदैन भन्ने मान्यता रहेकाे छ । भाद्रशुक्ल पूर्णिमाकाे दिन विशेष विधिपूर्वक यी भगवतीकाे पूजा अर्चना गरिन्छ ।

यी भगवतीलाई चढाइने मुख्य प्रशाद पाेलेकाे मासु र भात हाे । भगवतीकाे पूजामा बाेका, पाठी, सुँगुर, हाँस, कुखुरा, परेवा अादि पशुपंक्षीकाे बली चढाइन्छ । यी भगवतीकाे दर्शन गर्न जाँदा खाना नखाई नुहाइधुवाई चाेखाेनिताे भएर जानु पर्दछ । यी भगवतीलाई चढाएका पशुपंक्षीहरूकाे मासु डाँडा कटाएर लानुहुदैन भन्ने मान्यता रहेकाेले मन्दिर परिसरमै पकाएर खाने चलन छ । याे शक्तिपीठ परिसरमा रहेकाे वनमा घाँस, काठ, दाउरा काट्नु हुदैन साथै रजश्वला भएकी स्त्रीले भगवतीकाे प्रतिक स्वरूप पानीकाे मूल र खाेल्साे नाघेर जानुहुदैन भन्ने सामाजिक मान्यता रहेकाे छ ।
(लेखक अरुण उपत्यका लोक सांस्कृतिक अनुसन्धान केन्द्रका अध्यक्ष हुनुहुन्छ ।)

loading...
Loading...