बरिष्ठ क्याप्टेन विजय लामाका ८ प्रश्न सरकारलाई, ‘के पार्टी, नेताहरू र धनीहरुको निम्ति मात्र हो यो देश ?’

loading...
vijay-lama
काठमाडौं २१ असोज। नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामाले सरकारलाई ८ वटा प्रश्न सोधेका छन् । उनले बुधबार नागरिकले कर संकलन गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताउँदैं सरकारले निरिहता र अब्यवस्थामाथि केन्द्रीत रहेर ८ प्रश्न सोधेका हुन् ।

‘एउटा सचेत नागरिकको कर्तब्य देशको भलो सोच्नु हो र कदापि बिचलित नहुनु । यही सोचलाई सदा जीवित राख्नुपर्छ भन्ने मान्यता हुनुपर्छ,’ लामाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘तर, यसो भन्दाभन्दै पनि देश भित्र भएको अनियमितता, अन्योलता र भ्रष्टाचार देख्दा, कसैले केही नगरेको देख्दा दिक्क लाग्नु स्वभाविक हो ।’

उनले नेताहरुले दिनप्रतिदिन स्वार्थी बनेर आफू र आफ्नोलाई मात्र सोचेर र पोसेर देशलाई दुर्गतिमा पु¥याएको उल्लेख गर्दै यसले समाजमा निराशा निम्त्याएको समेत उल्लेख गरेका छन् । उनले जे भएपनि नेपालीको सहनशीलता उच्च रहेको बताएका छन् । लाईट नेपालमा समाचार छ ।

उनले सरकारले यत्रो कर संकलन गरेको जनतालाई सामान्य सुविधाहरु समेत प्रदान गर्न नसकेको उल्लेख गर्दै मार्मिक ८ प्रश्न तेस्र्याएका छन् । जुन यसप्रकार छन् :

१. स्वच्छ पिउने पानी छ ?

२. राम्रो सडक छ ?

३. स्वास्थ्य, शिक्षा र खेलकूदको क्षेत्रमा के विकास गरेको छ सरकारले ?

४. सडक, ढल, विजुली र खानेपानीको ब्यवस्थापनको निमित्त के काम गरेको छ र ?

५. अझै भन्ने हो भने हामी जनताको निम्ति के नै छ र एउटा खोक्रो भाषण बाहेक ?

६. दुःख गरी गरी कमाएको पैसाबाट कर तिर्दा त केही सुविधा हुनुपर्ने होइन र ?

७. दशैजस्तो महान् चाडमा सबै सामाग्री सुपथ मुल्यमा उपलब्ध गराइदिनुपर्ने होइन सरकारले ? उल्टै बजार माफियाको हातमा सुम्पेर जनतालाई जिउनै मुश्किल परेको छ ।

८. पार्टी, नेताहरु र धनीहरुको निम्ति मात्र हो यो देश ? –

loading...
Loading...