सरकार फेर्ने हल्ला चलेकैबेला किन भारत जान लागे देउवा ?

loading...

काठमाण्डु, ९ कात्तिक– काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक १९ देखि तीन दिन भारत भ्रमण गर्ने भएका छन् ।

भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपालको भ्रमण सकेर दिल्ली फर्किने दिनै देउवा दिल्ली हुँदै गोवा जान लागेका हुन् ।
भ्रमणमा देउवाले भारतमा उच्च राजनीतिक भेटघाटसमेत गर्नेछन् ।

भारतीय जनता पार्टी निकट थिंक ट्यांक ‘इण्डिया फाउण्डेशन’ ले गोवामा गर्न लागेको एक सेमिनारमा भाग लिन देउवा भरात जान लागेका हुन् ।
उनको उच्च राजनीतिक भेटघाट २० र २१ गते दिल्लीमा हुनेछ ।
-कान्तिपुर दैनिकबाट

loading...
Loading...