कालोबजारी गरी रातारात करोडपति बन्ने गिरोहविरुद्ध अप्रेसन, एसएसपी बिक्रम थापा कठोर बन्दै

loading...

image

काठमाडौं -महानगरिय प्रहरी परिसर काठमाडौंले भारतीय नाकाबन्दीको समयमा उपत्यकामा कालोबजारी गरी रातारात करोडपति बन्ने गिरोहविरुद्ध थालेको अप्रेसनलाई थप कडा पार्ने भएको छ ।

परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले व्यापारिक घराना केएल दुगड ग्रुुपबाट उत्पादित विभिन्न ब्राण्डका खानेतेल तथा अन्य खाद्य सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरेर अस्वाभाविक तरिकाले मूल्यवृद्धि गर्दै कालोबजारीलाई प्रश्रय दिएको भन्दै कारबाही अगाडि बढाएका छन् । काठमाडौं जडीबुटीस्थित दुगडको बिक्री केन्द्रमा परिसर र महानगरीय प्रहरी वृत्त नयाा बानेश्वरबाट खटिएको प्रहरी टोलीले छापा मारेर लुकाइराखेको अवस्थामा करिब डेढ लाख लिटर खानेतेलसहित दुई कर्मचारीलाई पक्राउ गरेपछि व्यापारिक सर्कलमा हल्लीखल्ली मच्चिएको छ ।

कालोबजारी मुद्दामा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । एसएसपी थापाले जनतासाग प्रत्यक्ष सरोकार राख्ने त्यस्ता अन्य कम्पनीहरुमा पनि निगरानी भइरहेको बताए । स्रोतका अनुसार एसएसपी थापालाई दुगडको मुद्दा कमजोर बनाइ चााडै अदालतमा पेश गर्न दबाब आएपनि कसैसाग नझुक्ने उनको स्वभावका कारण उक्त मुद्दा कमजोर नबन्ने निश्चित छ ।

अबको चरणमा उत्पादक कम्पनीलाई मात्र होइन चामल, चाउचाउ, घ्यू, तोरीको तेल, दाल, चिनीलगायतका खाद्यान्नका सामानहरु लुकाएर मूल्यवृद्धि गर्ने र अभाव सृजना गर्ने व्यापारीहरुमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइने एसएसपी थापाले बताए । तर, काठमाडौं प्रहरीले कालोबजारीविरुद्ध अपरेसन सञ्चालन गर्दा प्रहरी अधिकारीहरुलाई स्याबासी दिनुको सट्टा उल्टै दोषीहरुलाई उन्मुक्ति दिने खेलमा प्रहरीकै केही अधिकारीहरु लागेको चर्चा छ ।

‘व्यापारिक आवरणमा जनताको रगत पसिना चुस्ने यस्ता आपराधिक गिरोहविरुद्धको कारबाहीमा कसैसाग सम्झौता गरिदैन’ एसएसपी थापाले भने–‘कसैले त्यस्तो सोचेको छ भने ऊ कारबाहीको अवश्य भागिदार बन्नेछ ।’एसएसपी थापाले कालोबजारी गर्न सक्रिय दुगड ग्रुपका सञ्चालक किशनलाल दुगड र म्यानेजिङ डाइरेक्टर नरेश दुगडलाई पक्राउ गर्ने तयारी गरेपछि प्रहरी उच्च अधिकारीहरुले चलखेल गरिरहेका छन् ।
Source-muldharnews

loading...
Loading...