सुरुवाती सपनाहरू(कविता)

loading...

कविता

-✍️सुमित्रा अश्रुधारा

सुरुवाती सपनाहरू

ननिदाउन सपनाहरू
निद्रा त होनि निदाइरहने
नसुकुन फक्रीन बाकी कोपिला हरु
फुलिसकेको फुल त झर्ने नै हुन
नछोडुन देख्न सपनाहरू
देखेपछि पो टुक्रीने हुन

आधा उधि फुटेको सम्बन्धहरु
झिरिम झर्याम हुन
कि त सिङ्गो आकृति देखिने ऐना बनुन
ल्याउन हजारौं चुनौती
समाधान पनि बोकेर आउन
झारुन मेरै आशुको झरिहरु
सिन्चियुन मेरो मुलायम छाती
अनि सिर्जना को खेती मौलियोस

(कवयित्री सुमित्रा अश्रुधारा)

हासोस उस्ले सब भन्दा धेर
रमावस खुशिहरुमा अल्झिएर
अनि सजावस सुन्दर जीवन
तर
भुलोस सिर्जना को खेती
कैले भन्दिन म
किनकि पीडामा मात्रै
जन्मिन्न सिर्जना
उस्कै हजारौं इतिहास रचियोस
बजाउन पाउ तालिहरु
उस्कै जितको

मेरि आमाको जस्तै
धैर्य र इमानदारीताले मेरो पनि
साथ नछाडुन कैले
मेरि छोरिको जस्तै
मासुमताहरु मौलियुन
सान्ती र सद्भाव ले नछाडुन
ननिदाउन सपनाहरू
नसुकुन फक्रीन बाकी कोपिलाहरु

अनेकतामा एकता कैले नटुटियोस
फैलियोस बुद्ध को सन्देश हरु
बरु आउन आधिबेहेरी मेरो जीवन मा
लगुन अनि मनको पिडाहरु उडाएर
मेरो मायालु को बस्ती भन्दा पर धेरै पर
दुर दुर को सम्बन्ध हरु चोइटियुन
अनि मेटुन निसानाहरु
फेरि जोडियुन नंया सम्बन्ध हरु
फेरि टुसाउन मायाको बिरुवाहरु
२०१७ को सुरुवाती सपनाहरू

काठमाडौं

loading...
Loading...