फाल्गुनन्द गोल्डकपमा झापा फाइनलमा

loading...

पाँचथर, २१ पुस । विर्तामोड युनाइटेड झापाले पाँचथरको फिदिममा जारी आठौँ टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलनयात्रा तय गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम दुईको यात्रा तय गरेको हो ।

झापालाई जिताउन पहिलो हाफको र दोस्रो हाफको दुई मिनेटमा विकेश लिम्बुले दुई गोल, कर्ण लिम्बूले पहिलो हाफको १२ औ मिनेटमा, देवेन्द्र तामाङले खेलको पहिलो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै, झापाकै तर्फबाट दोस्रो हाफको २५ औ मिनेटमा बुद्ध चेम्जोङ र २८ औ मिनेटमा योगेश गुरुङले एक एकगोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र इलाभेन एरोज क्लव, दुहबी, सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

loading...
Loading...