निर्धन उत्थान वैक धनकुटा शाखाद्धारा सहयोग रकम हस्तान्तरण

loading...

 

धनकुटा,२४ पुस । निर्धन उत्थान वैक धनकुटा शाखाद्धारा हिजो धनकुटा नगरपालिका वडा नं १० स्थितको स्व कोपीला राई का श्रीमान प्रताप सिं राईलाई २ लाख ७ हजार रकम प्रदान गरिएको छ ।

स्व राईको श्रीमानलाई एक शोक सभाको आयोजना गरि वैकले उल्लेखीत रकम प्रदान गरेको वैक शाखा प्रमुख राजेन्द्र प्रसाद खनालले जानकारी दिनुभयो ।

राईले वैकवाट एक लाख ५० हजार कर्जा लिएकोमा ३८ प्रतिशत काज खर्च सहित सो रकम दिईएको प्रमुख खनालले वताउनुभयो । राई गत भदौ महिनामा स्वर्गरोहण हुनुभएको थियो ।

loading...
Loading...