पृथ्बी जयन्तीमा विदा दिने निर्णय सरकारले अब चाँडै गर्ने छ : प्रधानमन्त्री दाहाल (भिडियो)

loading...

काठमाडौँ, २७ पौष – कहिले घाम नअस्ताने देशको रुपमा परिचय बनाउदै अघि बढेको अंग्रेजलाई मात्र रोकेनन उनले । नेपाल र नेपालीको अस्तित्व स्थापना गरी विश्वमा गोर्खालीको साहसलाई पनि चिनाए । हो उनै पृथ्बीनारायण शाह । जस्लाई नेपालीले मात्र नभई विश्व इतिहासकारहरुले पनि सम्मानका अक्षरहरुले सम्मान गरेका छन । उनै पृथ्वी नारायण शाहको २९५ औँ जन्म जयन्ती मनाइरहँदा श्रद्धाभक्तिपूर्वक उनलाई सम्झिरहेका छन् । तर ईतिहासको कालखण्डमा पृथ्वीनारायणले गरेको पौरख र राष्ट्र एकीकरणमा पु¥याएको योगदानलाई मेटाउन चाहनेहरु पनि सक्रिय भइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको जिकिर गर्नुभएको छ । उहाँले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिन सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिनुभयो ।

loading...
Loading...