धनकुटालाई नमुना शहर बनाउन तथा सल्लेरी बनलाई ब्यबस्थित गर्न माग

loading...

 

धनकुटा,२७ पौष । धनकुटा शहरलाई नमुना शहर बनाउन शहरी विकास मन्त्रि अर्जुन नर सिंह केसीसंग आज काठमाण्डौमा माग गरिएको छ ।

धनकुटा पुराना र ऐतिहासिक शहर भएकाले धनकुटालाई नमुना शहरको रुपमा विकास गर्न शहरी विकास मन्त्रि अर्जुन नर सिंह केसी समक्ष नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,धनकुटा नगरपालिका वडा नं. ७ का सभापति सुनिल डंगाल लगायतका टोलीले माग गरेको सचिव राईले जानकारी दिएका छन्  । सो अवसरमा मन्त्रि केसीले धनकुटा शहरको विकासका लागी सहयोग गर्ने वताउनु भयो ।

यसैगरी बन मन्त्रि शंकर भण्डारी समक्षसंग पनि धनकुटाको सल्लेरी बनलाई बैज्ञानिक ढंगले व्यवस्थापन गरी संरक्षणका लागी माग पत्र पेश गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव राईले वताउनु भएको छ । सो अवसरमा वडा सभापति सुनिल डंगोलको पनि उपस्थिति रहेको थियो । सो अवसरमा मन्त्रि भण्डारीले सल्लेरी बनको व्यवस्थापनको तत्काल कार्यन्वयन गर्न वताउनु भयो ।

त्यस्तैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि ज्ञानेन्द्र वहादुर कार्कीसंग पनि पार्टी संगठन र सुद्धृढीकरणका विषयमा छलफल गरिएको पार्टी सचिव विजय सन्तोषी राईले वताउनु भयो ।सो अवसरमा वडा सभापति सुनिल डंगोलको पनि सहभागीता रहेका थियो ।

loading...
Loading...