संसार घुम्न सारा सम्पत्ति बेचेका यो जोडीको यात्रा शुरु हुनुअघि नै डुंगा डुबेर सबै सम्पत्ति स्वाहा !

एजेन्सी । संसार घुम्नका लागि एक जोडीले आफ्नो सिरीखुरी सम्पत्ति बेचेका भएपनि एउटा दुर्घटनामा परी उनीहरूको सबै कुरा छिनियो । यात्रा शुरु हुनुअघि नै उनीहरूको डुंगा डुब्यो र सबै सम्पत्ति स्वाहा भयो ।

ट्यानर ब्रोडवेल र निकी वाल्शले २८ फीट डुंगामा चढेर विश्व भ्रमण गर्ने योजनामुताबिक यात्रा शुरू गरेका थिए । यात्रा शुरू गरेको दुई दिनमै उनीहरूको डुंगा मेक्सिकोको खाडीमा म्याडेरियानजिक डुब्यो ।

उनीहरूको डुंगाको तल्लो भाग कुनै अदृश्य वस्तुसँग ठोक्कियो अनि डुंगामा पानी भरिन शुरू भयो । समयमै इमर्जेन्सी सर्भिसले जोडीलाई बचायो तर उनीहरूको लगभग सबै सामान डुब्यो । उनीहरूको दुई वर्षीय कुकुर रेमी, सामाजिक सुरक्षा कार्डहरू, एक मोबाइल फोन, कुकुरको खानेकुरा र कपडा मात्र बाँकी रह्यो ।

ब्रोडवेलले दुर्घटनापछि भने, ‘मैले यही यात्राका लागि सबै कुरा बेचिदिएको थिएँ । जम्मा २० मिनेटमा मेरो सबै कुरा नाश भयो ।’

अमेरिकाको फ्लोरिडामा बस्ने ब्रोडवेल मार्केटिङको काम गर्थे । उनले २४ वर्षीया वाल्शलाई कामकै सिलसिलामा फिलाडेल्फियामा भेटेका थिए ।

जोडीका अनुसार, उनीहरू आफ्नो जीवनशैलीबाट वाक्कदिक्क भइसकेका थिए । त्यसैले उनीहरूले जीवनमा केही रोमाञ्चक कुरा गर्ने निर्णय गरे । तलबबाहेक अतिरिक्त आय कमाउन उनले उबर क्याब पनि चलाए ।

अप्रिल २०१७ मा यस जोडीले सबै सम्पत्ति बेच्यो । एसयूभी समेत उनीहरूले बेचे । त्यसपछि उनीहरूले डुंगा बेचे । रोमाञ्चक यात्रा शुरु गरेको दुई दिनभित्र उनीहरूले दुर्घटनामा सबै कुरा गुमाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo