पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमण नेपालकै लागि घातक (भिडियो)

काठमाडौं । नेपालमा नयाँ सरकार गठन भएसँगै पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी यहाँका नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिन भन्दै नेपाल भ्रमणमा आएका छन् । उनको दुई दिने भ्रमणलाई केही आलोचकहरुले भने अप्रत्यासित र अनपेक्षित रुपमा पनि हेरेका छन् ।

नेपालका दुई छिमेकी चीन र भारतसँग सम्बन्ध बिग्रने खरताको घण्टी पनि यही भ्रमणले दिएको बताउँछन् विश्लेषक अरुणकुमार सुवेदी । सुवेदीको नियमित स्तम्भ ‘कुरा खस्रा मिठा’पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण र नेपालको अबको कुटनीतिमाथि नै केन्द्रित छ ।

सुवेदीले नेपाल–भारत सम्बन्ध बिगार्न पश्चिमा मुलुकले खेलेको शंकेत गरेका छन् । यसरी पाकिस्तानसँग नेपाल नजिकिनु र भारतसँग टाढिनु नेपालका लागि दुभार्गपूर्ण अवस्था रहेको सुवेदीको तर्क छ ।

‘सार्क शिखर सम्मेलनको माहोल बनाउन नेपाल आउँदै गरेका पाकिस्तानी प्रधानमन्त्रीमाथि त्यति धेरै शंका गर्नु जायज छ र ?’ भनी सोधिएको प्रश्नमा सुवेदीले पाकिस्तान र नेपालको पुरानो सम्बन्ध कोट्याउँदै यहाँ गैरकुटनीतिक नियत लुकेको बताए ।

सुवेदीका अनुसार तत्कालिन पाकिस्तानी राष्ट्रपति जिया उल हकदेखि शाहिद अब्बाससम्मलाई जसरी निम्तो दिइयो यस्तो शैलीले नेपालकै विदेश नीति खतरामा परेको उनको भनाइ छ । राजाको पालामा जसरी जिया उल हक नेपाल भ्रमणमा आए, त्यही अवस्थासँग जोडेर अहिलेको भ्रमणलाई उनले ब्याख्या गरेका छन् ।

‘दरबारमै बसेर, दरबारीया भएरै जसरी राजालाई सिध्याइयो, त्यसै गरी केपी ओलीको कोटरीमा बसेर एमाले भएरै केपी ओलीलाई पनि सिध्याइँदै त छैन !’ सुवेदीले भने, ‘मलाई यसमै डर छ ।’ षड्यन्त्र गर्न २ दिनको भ्रमण मात्रै नभएर २ घण्टा नै काफी रहेको भन्दै यस भ्रमणमाथि अस्वभाविक र अव्यवहारिक भन्दै टिप्पणी गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण भने शुभकामना दिनका लागि केन्द्रित भएको सरकारी स्रोतबाट बताइएको छ । यसबाहेक सार्क शिखर सम्मेलनको लागि माहोल बनाउन छलफल हुनसक्ने पनि बुझिएको छ ।

– नेपाल आजबाट

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo