‘माओबादी केन्द्र एमालेमा विलय नै हुने हो, एमालेले छाती ठूलो गरेर माओबादीलाई काखमा राख्नु पर्छ’ : गौतम

बाम एकताका प्रमुख सुत्रधार एमालेका नेता बामदेव गौतमसंग बाम एकतामा भैरहेको ढिलो लगायत देशको समसामयिक बिषयवस्तुमा कान्तिपुर टिभीको फायरसाइडमा भुषण दाहालले गरेको कुराकानीको क्रममा नेता गौतमले व्यक्त गरेका विचारहरुको सार निम्नानुसार छ :-

माओबादी केन्द्र र एमाले बीच हुने एकताका लागि कुनै द्विविधा नरहेको साथै ठुलो दल एमालेले छाती ठुलो बनाएर एकतालाई सफल बनाउनु पर्ने बताएका छन्। राजनीतिक दस्तावेजमा समस्या नभए पनि बिधान र संगठनात्मक मस्यौदामा दुई विषयमा विवाद छ । एकीकृत पार्टीको चुनाव चिह्न सूर्य राख्ने कि नराख्ने, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने कार्यदल सदस्यहरुबीच कुरा मिल्न सकेको नभए पनि यी बिषयहरुमा चाडै सम्बोधन गर्ने बताएका छन्। साथै जनयुद्ध शब्द एमालेलाई स्वीकार्य भएको खुलासा गरेका छन् ।

संसदीय निर्वाचनमा अन्तर्घात भएको हुदा आफु पराजित भएको बताउदै एमाले र माओबादी दुवैबाट अन्तर्घात भएको दाबी गरेका छन् । कुनै समय एमाले भित्रका माओबादीका उपमा पाएका नेता गौतमले एकता पछि एकता महाधिवेशन नहुदासम्म दुवै दलका अध्क्षयहरु सहअधक्ष्य भएर पार्टीलाई नेतृत्व प्रदान गर्ने सहमति भैसकेको जानकारी गराएका छन् ।

यहि बैशाख ९ गते पार्टी एकता हुने दाबि गर्दै , एमालेले माओबादीलाई एकता भन्दा पनि बिलय नै गराउन खोजेको हो कि भन्ने आशंकाको निवारण गर्दै नेता गौतमले भने एमालेमाया माओबादी केन्द्र बिलय नै हुने हो साथै माओबादी केन्द्रमा पनि एमाले विलय नै भएर नयाँ पार्टी जन्मिने बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीको भारत भ्रमणमा नेपालले उच्च सम्मान पाएको बताउदै ओली सरकारको मूल्यांकन अहिले नै गर्न नमिल्ने बताउदै ओली सरकारले युरोपियन युनियनको प्रतिवेदनलाई लिएर युरोपियन युनियनलाई दिएको जवाफलाई नेपालको स्वाभिमानको रक्षा लागि ओली सरकारले ठुलो काम गरेको बताएका छन् ।

हेर्नुहोस वाम एकता र शासन सत्ताका बीच कहाँ अल्झियो पार्टी एकता भन्दै भुषण दाहालले गरेको सारगर्भित कुराकानीको भिडियो

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo