स्वदेश फर्किएलगत्तै मोदीले नेपाली भाषामै लेखे,- ‘म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु’
काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्केने क्रममा नेपाली भाषामा ट्विट गर्दै आफ्नो भ्रमण ऐतिहासिक भएको बताएका छन् ।
उनले ट्विट गरेका छन्,- ‘ मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासंग आत्मीय हुने ठूलो अवसर प्रदान गर्यो । प्रधानमन्त्री केपी ओली संगको छलफल धेरै फलदायी रह्यो ।’
लगत्तै अर्को ट्वीटमा लेखेका छन,- यस भ्रमण मार्फ़त भारत-नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ । म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु ।