माटो र श्रमको मायासँगै साइकिलको जिन्दगी

– प्रेम घिसिङ

मेरो जेठो दाइ……पुस्कर शाह……..दर्शन…सेवाढोग छ ।
जति पीडामा पनि हाँस्नी र अरुलाई पनि हसाँउने मेरो जेठो दाइ, आज तपाईको अँाखाभरि आँशु देख्दा म छट्पटी भयो दाइ । लटर खैरे भाँडा साइकिलको रफतारसँगै गुड्ने मेरो जेठोदाइ आज थकित मुद्रमा देख्दा यो मन थाम्न सकिएन दाजु ।

अनि मैल मनमनैे सोचे दाइ अब हामी जस्तो सीप र अनुभव भएको युवाहरुको यो देशमा कुनै अस्तित्व छैन । पैसा र शक्तिमा चल्ने देशमा सीप र पसिनाको मूल्य भएन दाइ । तर हामी स्वभिमानी मान्छे हो दाइ कामको सम्मान गरौ । हाम्रो समाज खुट्टा तान्नेहरुको मात्र हो दाइ, तर तपाईको लटर खैरे भाँडाको खुट्टा कसैले तान्न सक्दैन, अगाडि बढेर लम्किनु मेरो दाजु ।

तपाईले नेपाल भ्रमण वर्ष १९९८मा विश्व साइकल यात्रा शुरु गर्नुभयो । हाम्रो चरीकोटको सातदेवाटोबाट साइकिल यात्रा शुरु गर्ने बेलामा तपाईलाई आमाले दिनु भएको सय रुपैया र आमाको अशिर्वाद “माटो र पसिनाको माया कहिल्यै नबिर्सिनु” लिएर ११ वर्षमा १५० वटा देशको यात्रा सम्पन्न गर्नुभयो ।

१५० वटा देशको झण्डा बोकेर सन २०१०मा सफल सगरमाथ आरोहण गर्नुभयो । तपाईंसँग १५० वटा देशको विकासको अनुभव छ । १५० वटा देशको खानाको परिकारको अनुभव थियो । तपाईंसँगै बसेर १५० वटै देशको खानाको बारेमा केही लेखहरू लेख्ने दाजु भाइको योजना थियो । तर हाम्रो योजनाहरू अलि पछाडि मात्र भाको हो दाइ, रोकेको छैन् । केही समय कर्म गरेर आउनुहोला दाजु । कर्म नै जीवनको आधार हो ।

ठुलदाइ तपाईले बैस र श्रम जति साइकिलको पाँग्रामा बिताउनु भयो । साइकिल र जुनेलिको मायालाई बिर्सिनु भयो । आफ्नो देशलाई संसारभर चिनाउनको लागि । त्यसैले दाइ तपाई महामानव गौतम बुद्धभन्दा कम हुुनुहुन्न । ठुलदाइ तपाईको संसारभरि नाम, सम्मान र चर्चा छ । नाम, सम्मान र चर्चाले मात्र मन भरिदो रहेछ, पेट भरिन्न रहेछ दाजु । तपाईले देशको लागि के गर्नुभयो त्यो शब्दमा बयान गर्न सक्दिन ।

देशको झण्डा बोक्नेको यहाँ कुनै मूल्य छैन । जस्ले पार्टीको झण्डा बोक्छ उसको दिन छ, दाइ यहाँ अपराध नगर्नेलाई यो मुलुकमा स्थान छैन दाइ । हामी श्रम र पसिनामा विश्वस गर्ने मान्छे दाइ । त्यसैले यहा तपाई हाम्रो कुनै ठाउँ छैन । मलाई लाग्छ तपाईको अन्तरबार्ता हेर्दाहेर्दै नेपाली आमाको पनि आँखा रसायो होला । मलाई चिन्ता छ दाइ तपाई जस्तो योजना, अनुभव, ज्ञान र सीप भएको सबै युवाले भोलिको दिनमा देश छोडे के होला नेपालको हालत ??



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo