लोप हुने अबस्थामा यस्ता पिङ्ग !
दशैंको अन्तिम दिन पाख्रीबास नगरपालिकाको वडा नं.६ स्थित एक गाउँमा काठको रोटेपिङ्ग र बाँसको लिङ्गे पिङ्ग खेल्दै महिला तथा बालबालिकाहरु ।
बैदेशिक रोजगारका कारण गाउँभरका यस्ता रोटेपिङ्ग मच्चाउने(हल्लाउने) यूवाहरुको कमी छ भने समाजको आधुनिकिकरण संगै यस्ता पिङ्ग पनि लोप हुने अबस्थामा छ ।
तस्वीरमा पिङ्ग मच्चाउने मान्छेको अभावमा ४ पिरे उक्त रोटेपिङ्गमा २ सिटमा मात्र यूवती र बच्चाहरुको सन्तुलन मिलाएर एक यूवक पिङ्ग मच्चाईरहेका देख्न सकिन्छ ।
तस्वीर : नारायण कुमार राई / धनकुटा खबर