कमल थापाको घोषणा,- हिन्दूराष्ट्रको लागि अन्तिम लडाई लड्छौं, ज्ञानेन्द्रलाई नै राजा बनाउँछौं (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि अन्तिम लडाई लड्ने उद्धघोष गरेका छन् ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले भने,‘अब हामी हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि संघर्ष गर्ने हो, हिन्दूराष्ट्र पूर्नस्थापना गर्न हामी अब सडकमा आउँछौं।’

यसको लागि राज्यबाट दमन भए आफूहरु जस्तोसुकै कदमपनि उठाउन सक्ने पनि चेतावनी दिए । त्यस्तै उनले आफूहरु राजसंस्थाको पक्षमा रहेको सुनाउँदै भने,‘हामी राजसंस्थाको पक्षमा छौं । हामी पहिलेकोजस्तो सक्रिय राजतन्त्रको पक्षमा छैनौं । संवैधानिक राजसंस्थाको पक्षमा छौं । शाहवंशको कुरा गर्दा अबको राजाप ज्ञानेन्द्र नै हो । उहाँलाई नै राजा बनाउँछौं।’

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अब हुने जनकपुर भ्रमणलाई आफूहरुले स्वागत गरेको बताए । उनले भने,‘उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।उहाँको भ्रमणलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’

त्यस्तै उनले भारतले नै हिन्दूराष्ट्र ब्युँताउने कुरामा आफूहरुलाई स्वीकार्य नहुने जिकिर गरे । अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकताको लागि राजसंस्था मान्ने सहमति भैसकेको पनि जनाए । उनले अब आफू एकताको लागि रुमलिएर नबस्ने पनि स्पष्ट पारे । उनले थपे,‘म रुमलिएर बस्दिन् । अब देशभरि जान्छु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo