‘नाङ्गिदै गरेका डिस्को अधिकारकर्मी र सुन्दरी प्रतियोगिता’

सावित्री सुवेदी । समाजमा एउटा यस्तो एलिट वर्ग अर्थात सभ्रान्त वर्गको महिला संस्था र संगठन छ जो सेमिनार गोष्ठी र तालिमका नाममा अरबौ पैसाको स्वहाँ गरिरहेको हुन्छ र मिडियामा आफुलाई सबैभन्दा अब्बल र सशक्त महिला अधिकारकर्मीको रुपमा प्रस्टाउन चाहन्छ ।

७७ जिल्लाका गलत रिपोर्ट तयार गरेर आफुलाई महिलाका पक्षमा देखाउन त सफल हुन्छ तर वास्तविकतामा यस्ता संस्थाले सिन्को नै भाचेका हुँदैनन । १६ दिने महिला हिंसा अभियान र तालिम पनि यस्तै एउटा नाटक भित्रको रहस्य हो । यस्ता रहस्यलाई जनताको बीचमा पुर्याउनु पर्दछ भनेर लेख्दै छु ।

महिला अधिकारको प्रश्न नेपालमा जटिल हुँदै गएको छ ।

१६ दिने महिला हिंसा अन्त्यका लागि अभिमुखिकरण र तालिमको व्यवस्था हुदा डलरबादीहरु रमाएका छन किनकि पैसाको खेलो गर्ने एउटा नयाँ अभ्यास भनेको तालिम र देखावटीपन नै हो।

संस्थाहरुले गरेको लागत खर्चले बलात्कार कति घट्यो ? कति महिलाहरुलाई हिंसाका विरुद्ध बोल्न सिकायो ? के अब हामीले हिसाब खोज्ने बेला भएन र ? यदि यस्ता देखावटी कार्यक्रमबाट गुणात्मक परिवर्तन हुँदैन भने आखिर खर्च केका लागि र कसका लागि ?

आफुलाई मै हुँ भनेर रातो सारी र शिरमा रातो मेहन्दी हालेर अधिकारका गफ चुट्ने ओठे महिलाहरुले के साच्चै महिला अधिकार र महिला मुक्तिको आन्दोलनलाई सफल बनाउन सक्लान ?

वास्तवमा आजसम्म भएका कुनै पनि अधिकारकर्मीका आन्दोलन न सफल नै बन्न सके,न जनताको र आम महिलाको अधिकार नै ग्यारेन्टी नै गर्न सके किनकि पितृसत्तात्मक राज्यको जड्लाई सहयोग गर्न यस्ता तथाकथित अधिकारकर्मीको जन्म इतिहासमा भइरहन्छ ।

मलाई आज पनि अवगत छ बलात्कार विरुद्धको माहाअभियानमा मैले माइतीघर मण्डलामा पेटिकोट प्रदर्शन गर्दा मलाई अभद्र र असामाजिक भन्नेहरुले पीडित महिला र आम महिला जागरणका निम्ति आउने करोडौ रकम स्वाहा पार्दा किन बोल्दैनन ?

नेपालमा धेरै प्रकारका अधिकारकर्मी छन जस्तै : – डिस्को र बारमा बसेर महिला अधिकारको कुरा गर्ने महिला अधिकारकर्मी, – आफ्नै घरमा जढ्याहा बुढोको कुटाइ खाएर बाहिर अधिकारको कुरा गर्ने अधिकारकर्मीहरु, – शोषित पीडित महिलाको अनुहार बेचेर कमाइ खान पल्केका अधिकारकर्मी र बलात्कार पछि पुनर्स्थापनाको कुरा गरेर करोडौको महल आर्जन गर्न दिनरात खटेका महिला अधिकारकर्मी। आखिर महिला अधिकारकर्मीको परिचयलाई स्पष्ट र बेदागपूर्ण ढङ्गबाट परिभाषित गर्नुपर्ने आजको आवश्यकता छ।

भित्रको पेन्टी देखिने गरी र माथिका वक्षस्थल देखिने गरी नाङ्गिदा सुन्दरी प्रतियोगिता हुने तर जब अधिकारको लडाईंका निम्ति हामी जस्ता न्यायप्रेमी नारी स्वतन्त्रता र समानताको लागि सडक आन्दोलन गर्दा डलरवादी महिलाको लागि नै अराजक, अशिष्ट र अभद्र हुने ?

मैले बारम्बार दरिद्र मानसिकताको उपचार हुँदैन भनेकी छु तर मलाई आजभोलि हाँसो लाग्न थालेको छ । यिनै दरिद्र सोचका भकारीबाट उम्रेका ठुट्टेहरुले फेरी १६ दिने महिला अभियान गर्ने रे ?

यहाँ सिमित न्याप्टी,च्याप्टी र घोप्टीलाई महिला अधिकारकर्मीको ट्याग भिराउन यस्ता प्रायोजनहरु रोक अन्यथा यिनै न्याप्टी, च्याप्टी र घोप्टीको अन्याय र अत्याचारबाट आजित भएका शोषित पीडित महिलाको लागि सावित्रीको जन्म हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo