यस्तो छ आठपहरीया जातिले नाच्ने मारुनी नृत्य… (हेर्नुस् भिडियो)

आठपहरीयाहरुको वडाङ्गमी चाड : यतिबेला धनकुटा नगरक्षेत्रमा बसोवास गर्ने आठपहरीया आफ्नो मुख्य चाड बडाङ्मी मनाउन ब्यस्त छन् । उनिहरु गाँउघरमा बिभिन्न नाच नाच्दै बिभिन्न खानाका परिकार खादै मनाउने गरेका छन् । आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङमी मंसिरे पूर्णिमा बाट सुरुभएर औंसीसम्म हुने गर्दछ ।

आठपहरिया जातिको तिन चाड मध्ये यो महत्बपुर्ण चाड हो । यो चाडमा दुख वाट उक्सीने र घरको जेठो छोरो जन्मीएकोमा हर्क बढाइ गर्ने चलन छ । बर्ष भरी गुमाएका आफन्तको जुठोवाट उक्सने यो एक मात्र चाड हो । चाडको सुरुवातमा धनकुटावाट हिड्दै दुइ दिन लगाएर सुनसरीको बराहक्षेत्र पग्दछन् । बिचमा पहिलो रात बास बसेको ठाउमा राति मुन्धुम गाउने चलन छ । भोलिपल्ट स्थानिय कोकाहा खोलामा कपाल दारि खौरीएर नुवाएर बराह भगवानको दर्शन देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ । दोस्रो रात कोकाहा खालाको बगरमै बासबसी तेस्रो दिन तमोर नदिको किनारमा बसेर चौथो दिन हिड्दै घर आउने चलन छ । बराहक्षेत्र मरीमराउ परेको घरका सदश्य र पुजारी अनिबार्य रुपमा जाने गरीएको छ । अन्य ब्याक्ति भने स्वएैछिक रुपमा जाने गरेका छन् ।

त्यहा वाट फर्किए घर आएपछि दुखको कर्म फुकाउने कार्य हुन्छ । जहा सेतो लुगा फुकाइन्छ । अनि दुख अन्त्य गरि भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ । सो चाडको अबसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात पुस्ताको डल्ले नाच नाचिने गरिन्छ ।

यता घरको जेठो छोरो जन्मीदा र नया घर निर्माण गर्दा समेत यो चाडमा हर्कवढाइ गर्ने चलन छ । हर्कबढाइ गर्दा मारुनी र ढोल नाच नाच्ने प्रचलन छ । खानाको बिभिन्न परीकार खाएर यो चाड मनाउने चलन छ ।

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo