गरिबको घरमा बल्यो खुशीको दीयो, नेपाल आइडल सिजन-२’का विजेता बने रवि ओड, के–के पुरस्कार पाए ? (भिडियो सहित)

काठमाडौं । नेपाल आइडल सिजन २ को उपाधि कञ्चनपुरका रवि ओडले जितेका छन् । शुक्रबार नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको ‘ग्रान्ड फिनाले’ मा बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै रविले नेपाल आइडलको उपाधि जित्न सफल भएका हुन् ।

रविले के–के पुरस्कार पाए ? : ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेता रविले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद पाएका छन् ।

साथै, उनले एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउने छन्। फस्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी बने । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo