यस्तो दमदार जवाफ दिदै पुजा श्रेष्ठ बनिन् ‘मिस पुर्वान्चल २०१८’ !, के भनिन् शृंखला खतिवडाले ? – हेर्नुस् भिडियो

सुनसरी । मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन ।

प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्दा इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार मा चित्त बुझाईन । फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् ।

कार्यक्रममा बिशेष आकर्षणको रुपमा मिस नेपाल २०१८ शृंखला खतिवडा रहेकी थिइन् । वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार पाए ।

त्यस्तै फेस अफ डिभाइन आकृति आचार्य र फिटनेस स्वस्टिका विसुंखे घोषित भए । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले जानकारी दिए । हेर्नुस भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo