प्रज्ञा परिषद सदस्य नियुक्तिमा ‘नेपाल चलचित्र नृत्य संघ’ को आपत्ति

काठमाडौ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तिमा सम्बन्धित कुनै एक क्षेत्रलाई पूर्णतया अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ ।

संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नुमा आपत्ति जनाएको हो । यस्तो कार्यले समग्र नृत्यकर्मीहरुको मनोवल गिराउने काम गरेको जनाइएको छ ।

‘जुन क्षेत्रको विकास र उत्थानका लागि स्थापित संस्था हो, सो संस्थामा विज्ञहरुको नियुक्ति हुनुको साटो आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न चम्चा प्रवृतिको नियुक्तिले नृत्य क्षेत्रको विकास हुन सक्दैन’, बिज्ञप्तिमा लेखिएको छ ।

संघका अध्यक्ष वसन्त श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा प्रतिष्ठानले तत्काल कदम सच्याउँदै कुलपति, उप–कुलपति, सदस्य वा प्राज्ञ परिषद् सदस्यको पुन: नियुक्तिको माग समेत गरेको छ ।

सही ठाउँमा सही ब्यक्तिको चयनको अत्यन्तै ठुलो महत्व रहने र कुलमान घिसिङ यस्को लागि ज्वलन्त उदाहरण भएकोले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानको एउटा महत्वपूर्ण पाटो नृत्य क्षेत्रबाट एउटै पनि विज्ञलाई समाबेश नगरी पूर्णत: बेवास्ता गरिनुलाई न्याय गरिएको भन्न नमिल्ने र सामान्यत यसबाट राम्रो परिणामको अपेक्षा गरिन नसकिने कुरा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले चर्चित नायिका स्वेता खडकासंग गरिएको एक टेलिफोन बार्ताका क्रममा यस किसिमको असन्तुलित नियुक्तिको सम्बन्धमा प्रतिकृया दिनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo