स्केचमा भविष्य खोज्दै निरज ! : प्रियंका, सुमित देखि ईन्दिराको स्केच यस्तो छ (भिडियो सहित)

ईटहरी । बच्चा हुदा हामीले पेन्सिल प्रयोग गर्दै विभिन्न चित्र बनाउथ्यौ । त्यो बेलाको सिकाई र बिग्रदा पनि खुसी हुदाको आनन्द अहिले सम्झदा निक्कै रमाईलो लाग्छ । त्यही बालापनाको सिकाई अहिले पेशा हुन्छ भन्ने सोच धेरै कममा हुन्छ ।

तर जस्लाई प्रमाणित गरेका छन निरज कुईकेलले । उनले सो सिकाईलाई अहिले आफ्नो पेशाको रुपमा बदल्दै गएका छन् । सामाजिक सन्जालमा स्केच बनाउदै सार्बजनिक गरे पश्चात् सबैबाट तारिफ पाएपछी यसैलाई अघि बढाउने सोच रहेको निरज बताउछन् ।

नेपालमा कला भए सो लाई सकारात्मक प्रयोग गरेर बाच्न सकिन्छ । जस्को उदाहरण बनेका छन् स्केच आर्टिस्ट निरज । उनले नायिका प्रीयंका कार्की, गायिका ईन्दिरा जोशी, नेपाल आईडल २ का सेकेन्ड रनरअप सुमित पाठक लगायत थुप्रैको स्केच कोरेका छन् ।

यी सबैलाई पठाएपछि हेरेर सबैले तारिफ गरेको भएपनि ईन्दिराको स्केच भने अझै पनि उनको हातमा पुर्याउन नसकेको उनी बताउछन् । स्केच बनाउन सुरु गरेदेखी उनलाई उनको कलाको सम्मान गर्दै पैसा तिरेर आफ्नो स्केच बनाउन सम्पर्क गर्छन् । नेपाल मात्र हैन देश बाहिर रहेका नेपालीहरुले पनि आफ्नो स्केच बनाउनको लागि सम्पर्क गर्ने गरेको निरजको भनाई छ । हेर्नुस उनी संग उनको स्केच सहित गरिएको कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo