पाँचथरको इतिहाँसमै अहिले सम्मकै ठूलो कन्सर्ट !, ‘नेपथ्य’ हेर्न उर्लियो जनसागर (भिडियो सहित)

पाँचथर । वेलुकाको ठिक बज्यो, पूर्वका पहाडी जिल्लाका दर्शकहरु १ घण्टा अगावै पाँचथर सदरमुकाम फिदिमको फिदिम मावीको खेलमैदानमा आइरिसकेका थिए । ठिक ५ बजे देखी पर्दामा काउनडाउन सुरु गरिएको छ । जब ६ बज्यो दर्शकको चिच्याहट सुरु भयो ।

सुरुमा नेपथ्यका केही भिडिउो हेर्दानै दर्शक उत्साहित भैसकेका थिए । जव अमृत गुरुङ स्टेजमा आए पूर्वका दर्शकको उत्साह अनौठो देखियो । माघको चिसोमा कपडा खोलेर नाच्नेदेखी मान्छेले मान्छेलाई बोकेर फल्ने सम्मका हर्कत दर्शकले गरे । रेशम, जोमसोमै बजार, गाउँ गाउँबाट उठ, कोशीको पानी लगायतका दर्जन वढी सांगितिक प्रस्तुती दिएको नेपथ्य टिम समेत सन २०१९ को पहिलो कार्यक्रम फिदिममा गर्न पाउँदा उत्साहित बनेको छ ।

पाँचथरमा भएको कार्यक्रम हेर्न इलाम, तेह्रथुम, ताप्लेजुङ लगायतका क्षेत्रबाट गाडी रिजर्भ गरेरै दर्शक ओइरिएका थिए भने पाँचथरका गाउँ गाउँ बाट समेत दर्शकको ओइरो लागेको थियो । पाँचथरको इतिहाँसमै अहिले सम्मकै ठुलो कन्सर्ट आयोजना भएको आयोजकहरुले बताएका छन् । हेर्नुहोस भिडियोमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo