गायिका अर्जुना र गायक शुभम राईको स्वरमा ” सम्झनामा आई रन्छौ” पूर्वेली गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौ – गायिका अर्जुना राई र गायक शुभम राईको स्वरमा ” सम्झनामा आई रन्छौ” बोलको नयाँ पूर्वेली गीत सार्वजनिक भएको छ । प्रेमिल भावमा रहेको यो पूर्वेली लोक गीतमा, गाउँ घरमा घाँस काट्दा लगाईने माया पिरतीको बर्णन गरिएको छ । यो गीत लोक लयमा भए पनि, डान्सिङ्ग बिटमा तयार भएको यो गीतले धेरैलाई नचाउन सक्ने बनेको छ ।

ईन्द्र जिजीबिषाको शब्द रचनामा रहेको यो गीतलाई संगीतकार तथा गायक सुमन राईले लय संकलन /कम्पोज गरेका हुन् । चलचित्र “मट्टिमाला” मा संगीत गरेर चर्चाको शिखरमा पुगेका संगीतकार सुमन राई पछिल्लो समय निक्कै व्यस्त संगीतकारको रुपमा रहेका छन् । यो गीतको एरेन्ज राजु कार्की र गोविन्द सोनीले मिक्सिङ्ग गरेका हुन् ।

मोडेल सोनिया राई र गायक स्वयम् शुभम राईले अभिनय गरेको यो गीतको म्युजिक भिडियो पनि अति राम्रो बनेको छ । काठ्माडौकै रमणिय स्थलहरुमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोलाई छायांकन,सम्पादन र निर्देशन बिनोद बिनिर्जरा राईले गरेका हुन् ।

अर्जुना राईले निर्माण गरेको म्युजिक भिडियो “सम्झनामा” लाई खिचडी नेपालको प्रस्तुतीमा हाम्रो प्रतिभा प्रोडक्सनले बजारमा ल्याएको हो । उक्त म्युजिक भिडियोमा संजिता राईले मेकअप गरेकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo