पकेट क्षेत्र घोषणा गर्दै धनकुटा नगरपालिकाले शुरु गर्यो ड्रागन फलको खेती

धनकुटा खबर । पकेट क्षेत्र घोषणा गरेर धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ ।

धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र र आर्थिक रुपमा बिपन्न रहेको वडा नं. ८ मा उक्त खेती शुरु गरिएको हो । आईतबार उक्त वडाको सान्ताङ गाउँको एक किसानको घरमा नगरका मेयर चिन्तन तामाङ र उप–मेयर सकुन्तला बस्नेतले ड्रागन फलको बिरुवा रोपेर खेतीको उत्घाटन गरेका छन् ।

धनकुटामा मात्र पाईने सिमान्तकृत आठपहरीया जातिहरुको बसोबास रहेको उक्त क्षेत्रको आर्थिक सुधारका लागि उक्त खेती शुरु गरिएको मेयर तामाङले जानकारी दिए । खेतीका लागि उक्त वडामा ६ वटा कृषक समुह मार्फत् खेती शुरु गरिएको नगरका कृषि अभियान्ता जीवन राईले जानकारी दिए ।

हाल गाउँका १ सय ४२ किसानहरुले १ हजा ५ सय ५५ बिरुवा रोपेर खेती शुरु गरिएको राईले जानकारी दिए । उद्घाटन पछि भएको कार्यक्रममा वडा अध्यक्ष सुमन राई,देउराली निमाबि का प्र.अ.यम प्रसाद बस्नेत र नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले खेतीको शुभकामना दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo