लिम्बु भाषाको कथानक चलचित्र “के:साङ्ला” कोरियामा प्रदर्शनको तयारीमा

सोल । कोरियाको महान चार्ड सल्नालको अवसर पारि फेब्रुअरि ५ तारिखका दिन लिम्बु कथानक चलचित्र “के: साङ्ला” कोरियाको सउल स्थित MTU हलमा प्रदर्शन गरिने भएको छ । सिरिजङ्गा इन्टरटेन्टमेन्ट द. कोरियाले आयोजना गरेको सो प्रदर्शनिको सम्पुर्ण तयारि भइसकेको इन्टरटेन्टमेन्टका संयोजक हाङ चेम्जोङले बताउनु भएको छ ।

चलचित्रमा मुख्य नायक भिम तुम्बाहाम्फे को प्रस्तुति रहेको यस चलचित्रमा कलाकारहरु लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा योङहाङ, मेनका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्क बहादुर लुम्फुङवा, चन्द्र कुमार लेक्वा, महिमा लिम्बू, गंगा तुम्बाहाम्फे, भूपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मु आदि कलाकार छन् ।

देवेन्द्र सुर्केलीको पटकथा, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, गित छाँयाकंन अर्जुन तिवारिले गरेका हुनभने सहयोग निर्देशन र कोरियोग्राफी दिनेश माङमु लिम्बू को रहेको चलचित्रको सम्पादन मुख्य बिपिन मल्ल, राम प्रसाद चौधरी र बुद्ध थापा मगर ले गरेकाछन। निर्माता फिपरानी पङ्धाक, बिस्नु कुमार पङ्धाक, भिम कुमार तुम्बाहाङ्फे र सन्जय तुम्बाहाङ्फे हुन ।

चलचित्र लिम्बू भाषामा रहेतापनि नेपाली सब टाइटलमा देख्न सकिने छ, लिम्बूभाषा अनुबाद सागर केरुङ र देबेन्द्र सुर्केलीले गरेका हुन भने ड्रोन मेगराज मगरान्ती र नागिन धिमाल ले चलाएकाहुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo