धनकुटाकी श्रेया राईको स्वरमा पूर्बेली मारुनी गीत”एक्ले बर’ सार्बजनिक(भिडियो सहित)

धनकुटा । ‘द भ्वाइस अफ नेपाल’ को एक गर्बिलो स्वरकी धनी हुन् श्रेया राई । धनकुटाको साबिक मुगा गाबिस(हाल:पाख्रिबास नपा) मा जन्मिएकी राई सिजन-१ को उत्कृष्ट ८ पर्न सफल भएकी थिइन् ।

बाल्यवस्थादेखि नै सांगीतिक परिबेशमा हुर्केकी राई का बाबा स्वयं पनि राम्रो गायक पनि हुन् । सायद त्यहीं वातावरणमा श्रेयाले पनि संगीत प्रतिको मोह पलायो ।

भ्वाइस अफ नेपाल सकिए लगत्तै विभिन्न देशहरुको सांगीतिक कार्यक्रममा सहभागिता जनाइ सकेकी राई अहिलेको सांगीतिक बजारमा एकदमै ब्यस्त गायिकाको रुपमा अगाडि आएकी छिन् । भर्खरै मात्र आउन लागेको चलचित्र ‘रातो गलबन्दी’ मा पनि नेपाली सांगीतिक क्षेत्रका राजा राजेशपायल राई संग उक्त चलचित्रको शीर्ष गीतमा आफ्नो स्वर दिइसकेकी छिन् ।

यसै क्रममा प्रबासमा रहेर पनि संधै नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीत,संगीतहरु पस्किंदै आएका गीतकार तथा संगीतकार डी आर अटुको शब्द,संगीत र श्रेयाको आवाजमा रहेको पूर्बेली मारुनी भाकाको गीत “एक्ले बर’ लिम्दुमी क्रियसनको युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

राजु कार्कीको एरेन्ज र मिक्सिंग रहेको गीतलाई किंग स्टुडियोमा मनोज सांग्सोन राईले रिकार्ड गरेका हुन् भने मनोज राईको छायांकन तथा सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo