धनकुटामा नेवि संघका नेताहरु पक्राउ

धनकुटा खबर । नेपाल विद्यार्थी संघ धनकुटाका जिल्ला सभापति वालानन्द दाहाल सहितका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न देशैभर नेविसंघले सञ्चालन गरेको कार्यक्रम अन्र्तगत आज शनिवार सञ्चालन भईरहेका सरकारी गाडी रोक्ने क्रममा उनीहरुलाई भीम नारायण चोकवाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा पर्नेहरुमा नेवि संघ का जिल्ला सभापति वालानन्द दाहाल, सचिव सरोज धमला, धनकुटा वहुमुखी क्याम्पस ईकाई समितिका सचिव डीक वहादुर कार्की, पूर्व सचिव कृष्ण प्रसाद पराजुली र विद्यार्थी नेता दिनेश थापा लगायत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई नेविसंघले घोषणा गरेको आजको कार्यक्रमको समय सकिएपछि आफन्तलाई वोलाएर जिम्मा लगाईने जिल्ल्ला प्रहरी कार्यलय धनकुटाका एस पी सुरेन्द्र वहादुर गुरुंले जानकारी दिनुभयो ।

नेवि संघले चिकित्सा शिक्षा विधेयक सम्झौता अनुसार नै पास हुनुपर्ने,निर्मला पन्त हत्या काण्डका दोषी चाडो पक्राउ गर्नु पर्ने,सरकारी सवारी साधनको दुरुपयोग रोक्नुपर्ने लगायतको माग राख्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको नेवि संघ सभापति दाहालले वताउनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo