प्रदेश संसदको ध्यानाकर्षण गर्न धनकुटामा सद्भावना र्याली !

धनकुटा खबर । धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउनका लागी प्रदेश सभाका ९३ सदस्यहरुलाई अनुरोध गर्दै प्रदेश सभाको बैठक शुरु भएको माघ २० गते धनकुटामा सदभावना र्याली गरिएको छ ।

धनकुटा प्रदेश न १ को प्रादेशिक राजधानी बनाऔ अभियान समितिको आयोजनामा आज माघ २० गतेका दिन धनकुटा बजारमा सदभावना र्यालीको आयोजना गरिएको छ ।

सदभावना र्याली सम्वोधन गर्दै आन्दोलन परिचालनका सदस्य सुजनभाई जोशीले धनकुटा आफ्नी आमा समान भएकोले यसको विकास गर्नका लागि जस्तो सुकै कदम उठाउने बताए । त्यस्तै उद्योग वाणिज्य संघ धनकुटाकी उपाध्यक्ष तारा तितुङ्गले प्रदेश सभाले धनकुटाका मागलाई सम्बोधन गर्नु पर्ने बताईन ।

त्यस्तै नेपाली कांग्रेस धनकुटाका सचिव एवम् अभियान्ता विजय सन्तोषी राईले स्रोत साधन भौतिक पूर्वाधारले सम्पन धनकुटालाई राजधानी घोषण गर्न ९३ संसदलाई अनुरोध गरे । पत्रकार महासंघका धनकुटा अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले भौतिक पूर्वाधार बतावरण यूक्त धनकुटा राजधानीका लागि उपयूक्त भएको बताए ।

अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले राजधानीको माग लाई निश्कर्षमा पुर्याई छाड्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo