राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लगाइने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आइतबारदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् ।

आइतबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लाग्ने जानकारी दिए । प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै उनले चालू अधिवेशनमा प्रक्रियामा रहेका आठ विधेयक समितिमा र चार संसद्मा दर्ता गरिएका जानकारी दिए ।

उनले अत्यावश्यक थप १० विधेयक संसद्मा ल्याउने तयारी भइरहेकाले तेस्रो अधिवेशनमा संसदीय समितिको सभापति चयन गर्ने कार्यसूची पनि रहेको बताए । मुख्यमन्त्री राईले प्रदेश १ लाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषिलाई उच्च प्राथमिकता राखिएको जानकारी गराए ।

स्वच्छ वातावरण र हरियाली प्रदेश बनाउन प्रदेश सरकारले यही माघ २६ गते हरियाली अभियान सञ्चालन गर्ने जानकारी दिँदै उनले भौगोलिक अवस्था, जनसङ्ख्या र जातीय विविधतालाई ध्यानमा राखेर सबैको भावनालाई कदर हुने हिसाबले प्रदेशको राजधानी र नामाकरण हुने धारणा राखे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo