अब सरकारको दिन गन्ती सुरु भन्दै कांग्रेस धनकुटाको बिरोध प्रदर्शन

जनविरोधी कार्यको विरोध कांग्रेसले गरिरहन्छ

धनकुटा खबर । वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध गर्दै नेपाली कांग्रेस धनकुटाले सरकारको विरोधमा आज सदरमुकाममा प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेको पाटी कार्यालय भिमनारायण स्मृति भवन बाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै बस पार्कमा आएर कोण सभामा परिणत भएको थियो । विरोध सभामा स्वागत गर्दै नेपाली कांग्रेस धनकुटाका उपसभापती नविनकिशोर शाक्यले वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध कांग्रेसले जारी राख्ने बताए ।

नेपाली कांग्रेस धनकुटा सचिब विजय सन्तोषी राईले सरकारको १ बर्ष निराशामा वितेको भन्दै आधारभूत आवश्यता पुरा गर्न भन्दा पनि सरकारमा बसेका मन्त्री राज्यको सम्पती दोहन गर्न लागेकोले नेपाली कांग्रेस सडकमा आएको भन्दै अब सरकारको दिन गन्ती समेत सुरु भएको बताए ।

नेपाल ट्रेड यूनियन कांग्रेसका निवर्तमान केन्द्रिय अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधी खिलानाथ दाहालले अहिले राज्यले नै आतंक सिर्जना गरेको बताउदै भ्रष्टाचार, बलात्कार लगायतका घटनामा सरकारले रोक्न नसक्नुले सरकार पूर्ण रुपमा असफल भएको बताउदै कांग्रेसले सरकारका गलत कार्य विरुधको गरिने गर्ने र त्यस आन्दोलनको नेतृत्व समेत कांग्रेसले लिने बताए ।

नेपाली कांग्रेस धनकुटाका सभापती अग्निप्रसाद पौडेलले दुई तिहाईको दम्ब देखाएर जनविरोधी कार्य गर्ने छुट सरकारलाई नभएको बताए । विरोध र्यालीमा स्थानिय नेता कार्यकर्ता, लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo