साईप्रसमा २८५५ औ ल्होछार यसरी मनाईयो

साईप्रस । तामांग जातिहरुको उत्थान ,भाषा र सास्कृतिलाई संरक्षण गरौ ,२८५५ औ सोनाम ल्होछार ड्वा ल्हो (सुगुंर बर्ग) भब्यताका साथ सफल पारै भन्ने नाराका साथ ल्होछार धामाका २०१९ कार्यक्रम सम्पन्न भएको छ ।

युरोपको दक्षिण पुर्व पर्ने साईप्रस देशको लिमासोल भन्ने सहरमा तमागं घेदुगं साईप्रस शाखाको आयोजनामा ल्होछार धामाका २०१९ कार्यक्रम आईतवार सम्पन्न भएको हो ।

तामांग घेदुगं साईप्रसकी अध्यक्ष साग्मु थोकरको सभापतित्व तथा साईप्रस देशको महाबणिज्यदुत डा.राम जिवन पजिंयारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गैरअवसिय नेपाली सघं साईप्रसका अध्यक्ष सुबास मल्ल लगाएत यहा रहेका विभिन्न सघंसस्थाहरुको प्र्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ल्होछार कार्यक्रमलाई शुभकामना दिदै महाबिणज्यदुत डा. पजिंयारले प्रवासमा रहेका सबै नेपालीहरु एक आपसमा सहयोगी बन्नु पर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा साईप्रसमा नेपालीहरुको सख्यांमा बृद्धि भैरहेको अवस्थामा दलालहरु विभिन्न प्रलोभन दिएर नेपालीहरुलाई ठगिने गरेको जानकारी पाएकोले सचेत रही नेपाली नियोग,सघंसस्थाहरुको सहयोग तथा सम्पर्कमा रहन सबैलाई आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo