धनकुटामा चोविसै घण्टा संचालित आँखा उपचार सेवा प्रभावकारी र उपलब्धिमूलक

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाले संचालन गरेको डा राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले नागरिकहरुलाई दिएको आखा उपचार सेवा प्रभावकारी र उपलब्धी मुलुक भएको छ ।

अस्पतालले प्रत्येक दिन विहान १० बजे देखी ३ बजे सम्म आखा उपचार सेवा संचालन गर्दै आएकोमा माघ देखी नागरिहरुलाई चौविसै घण्टा सेवा प्रदान गर्ने उदेश्यले संचालन गरिएको नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण प्रसाद गुरागाईले वताउनु भयो ।

नेत्र ज्याती संघ धनकुटाको वृहत अवधारणा उदेश्य लक्ष्य सहितको तयार गरी बार्षिक कार्यक्रमहरु निर्माण गरी आखा उपचार सेवालाई पूर्वी पहाडी क्षेत्रमानै उदाहरणीय र नमुनाको रुपमा यस आँखा अस्तपाललाई बनाउने अभियान रहेको सचिव देव वहादुर खड्काले वताउनु भयो ।

सेवालाई अझ गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्दै जाने समुदाय तथा विद्यालय स्तरमा समेत अझ व्यापकताका साथ आखा उपचार सेवा र शिक्षा संचालन गर्ने र अहिले चौविसै घण्टा आखा उपचार सेवा संचालन गर्दा विरामीहरुलाई ठूलो राहत मिलेकोले उपचार गराउने संख्यामा समेत उल्लेखनीय बृद्धी भएको प्रचार प्रसार तथा आखा शिविर समन्वय तथा संचालन समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo