धनकुटे समाज कोरियाद्वारा ‘भोइस अफ नेपालको टप ८’ धनकुटे चेली श्रेया राईलाई कोरियामा भब्य सम्मान

कोरिया । उदयपुर समाजले कोरियामा गरेको सहयोगार्थ कन्सर्टमा निमन्त्रणा गरिएको टप८मा पर्न सफल श्रेया राईलाई धनकुटे समाजद्वारा सम्मानपत्र र कोरियन वन १६लाख १०हजार नगदसाथ भब्य सम्मान गरिएको छ।

कोरियाको ओन्यङ ओछन नमस्ते रेष्टुरेन्टमा गरिएको उक्त कार्यक्रममा धनकुटेली युवाहरुको बाक्लो उपस्थिति रहेको थियो धनकुटे समाजको अध्यक्ष परदेश राईको पहलमा श्रेया राईको अझै संगीत क्षेत्रमा उच्च प्रगतिको कामना ब्यक्त गरिएको सम्मान कार्यक्रममा लामो समय देखी नेपालिहरुको लागी काम गर्दै आएकी गिता राई एकताका चर्चित गित धरान सुनसरी बोलको गितको गायक आकश राई ,कृष्ण कुमार राई अन्य संगीतकर्मिहरु समाजसेवी बुद्दिजिवी पत्रकारहरुको उपस्थितिले कार्यक्रमको गरिमा उच्च बनाएको युवाहरुको भनाई थियो।

राती अबेर १२बजे शुरु भएको सम्मान कार्यक्रममा कुनै अतिथिलाई आसन ग्रहण नगरी अनौपचारिकरुपमा सन्चालन गरिएको कार्यक्रममा भोइस अफ नेपालको
ब्लाइन्ड राउण्डमा गाउनु भएको गितको साथै तिम्ले बाटो फेरेउ अरे मखमली चोली चाहिदैन चौबन्दिमा जस्ता मिठा गित हरु श्रेया राईले गाएकी थिइन यस कार्यक्रमको सन्चालन सोनिया राईले गरेका थिए भने
मुख्य सल्लहकारहरु
चुल बहादुर लिम्बु ,योगेश राई ,बुद्द लिम्बु ,उत्तर कुमार राई,काजी देवान,मनिक राई ,चन्द्र राई रहेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo