पाख्रिबास मेयरकप फुटबल उपाधि विजेता ४ नम्बर वडालाई वडाले पनि दियो नगद १४ हजार

धनकुटा । धनकुटाको पाख्रिबासमा सञ्चालित वडा स्तरिय प्रथम मेयरकप फूटवल प्रतियोगिताका विजयी प्रथम समूहलाई नगरको ४ नं वडाले नगद १४ हजार रकम प्रदान गरेको छ ।

आज भएको फाईनल खेलमा ९ नं वडा लाई १ २ गोलको अन्तरले हराउदै विजयी भएको उस्लाई प्रोत्साहन स्वरुप उल्लेखित रकम प्रदान गरेको पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष शोवित निरौलाले वताउनुभयो । साथै वडाध्यक्ष निरौलाले मेयरकप फूटवल प्रतियोगितामा सहभागी १५ वर्ष सम्मका दुई जना खेलाडीलाई पनि नगद ३-३ हजार रुपयाँ प्रदान गर्नुभएको छ ।

उहाँले वडा नं १० का खेलाडी उज्वल भण्डारी र २ नं वडाका विकास गान्छाकी मगरलाई नगद ३-३ हजार प्रदान गर्नुभएको हो ।मेयरकपमा उनिहरुले सानै उमेरमा पनि राम्रो खेल खेलेकोले भविश्यमा अझ प्रगतिको कामना गर्दै प्रोत्साहन स्वरुप व्यक्तिगत रुपमा आफुले उल्लेखति रकम प्रदान गरेको वडाध्यक्ष निरौलाको भनाई छ ।

प्रतियोगितामा उज्वल र विकास क्रमश उदयमान खेलाडी र सर्वाधिक गोलकर्ता (हाई स्कोरर) घोषित भएका थिए । विकासले मेयरकप प्रतियोगिता भरी ११ गोल गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo