कुन राशिका लागि आजको दिन कति शुभ ? – हेर्नुस् माघ २६ गतेको राशिफल
आज श्री शाके १९४० बि.स. २०७५ साल माघ २६ गते शनिबार इश्वी सन् २०१९ फेब्रुवरी ९ तारीख माघ शुक्लपक्ष चतुर्थी तिथी ९:११ बजे सम्म पश्चात पञ्चमी तिथी उत्तरभाद्रपदा नक्षत्र १४:५२ बजे सम्म उप्रान्त रेवती नक्षत्र सिद्ध योग १०:०१ बजे सम्म उप्रान्त साध्य योग भद्रा करण ०९:२१ बजे सम्म उप्रान्त वव करण चन्द्रमा मिन राशिमा आनन्दादियोगमा धुम्र योग सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.पं. सरोज घिमिरे / धनकुटा खबर
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थमा उत्पन्न समस्याका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । परीवारका सदस्यहरूबाटॅ टाठा भएको अनुभब प्राप्त हुनेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य तनावको सामना गर्नु पर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिषेश सावधानी अपनाउनु पर्नेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनहरूको साथ सहयोग द्वारा आम्दानीका क्षेत्रमा निकै मद्दत पुग्नेछ । पूराना तथा अधुरा कार्य सुचारू गर्न उत्तम समय रहेकोछ । रचनात्मक कार्यका क्षेत्रबाट उत्तम लाभ प्राप्त रहने समय रहेकोछ । बौधिक व्यक्तित्व हरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।
मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
कार्य क्षेत्रमा चातुर्यताका कारण जटिल कार्य हरू सहजतापूर्वक ढंगले अगाडि बढाउन सकिने छ । मान्यजन हरुको साथ सहयोग द्वारा सामाजिक कार्यमा जुट्ने अवसर प्राप्त रहने छ। सभा समारोहका क्षेत्रमा सामान्य मान सम्मान प्राप्त हुनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कार्य क्षेत्रमा उत्पन्न भएको समस्याका कारण सामान्य अपजसको सामना गर्नु पर्ने समय रहेकोछ । यात्राका क्रममा सामान्य तनावको सामना गर्नु पर्नेछ । मित्र जनहरूको अधिक सामिप्यतामा उत्तम नरहला । बल तथा पराक्रम समेत कमी रहनेछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खान पानका कारण स्वास्थमा समस्या उत्पन्न हुन सक्ने सम्भावना प्रबल रहेको छ । विश्वासिला व्यक्तिहरू बाट धोका हुन सक्नेछ । स्थिर क्षेत्रमा गरीएको लगानी उत्तम साबित रहेतापनि आफन्त जनहरूका कारण सामान्य समस्यामा फसिएला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक संम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य घाटाको सामना गर्नु पर्नेछ । भोग बिलासीताका सामाग्रीहरु खरिदको लागि उत्तम समय रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्ने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्पर्धा जन्य कार्यमा अब्बल स्थान हासिल गर्ने योग रहेकोछ ।पूराना लगानी उठाउन बिषेश समयले साथ दिएको छ ।स्वास्थमा सामान्य सुधारको सम्भावना रहेकोछ । सामान्य यात्राको योग बन्नेछ । आफन्त जनको साथ सहयोग मनग्य प्राप्त रहनेछ
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहेको छैन । आफू भन्दा साना व्यक्ति हरूको सहयोग द्वारा आम्दानीका क्षेत्रमा निकै प्रगति गर्न सकिनेछ। गरीरहेको कार्यका क्षेत्रमा सामान्य परिवर्तनको सम्भावना रहेकोछ । आय आर्जनका क्षेत्रमा सामान्य तनावको सामना गर्नु पर्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
गरीरहेको कार्यका क्षेत्रमा सामान्य ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । पारिवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ । कार्य क्षेत्रमा उत्पन्न झन्झटका कारण सामान्य मान सम्मानमा आचॅ आउने छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बल तथा पराक्रमको क्षेत्रमा बृद्धि हुने दिन रहेकोछ । कार्य सम्पादनको श्रेय प्राप्त रहनाले कार्य प्रतीको हौसला बढ्ने योग रहेकोछ ।मान्यजन हरुको साथ सहयोग द्वारा जटिल कार्य हरू सहजतापूर्वक ढंगले सम्पन्न रहनेछन् ।सामान्य यात्रा कारक दिन रहेकोछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
भोज भतेर जन्य कार्यमा संलग्न रहने समय रहेकोछ । वाणीका कारण आफन्तजनहरू सगॅको संम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने सम्भावना रहेको छ । स्थिर क्षेत्रमा गरीएको लगानीको उत्तम प्रतिफल प्राप्त रहने समय रहेकोछ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्य क्षेत्रबाट सामान्य मान सम्मान प्राप्त हुनेछ । ब्यापार ब्यवसायमा बिषेश लाभको योग रहेकोछ । पारिवारिक साथ सहयोगमा बृद्धि हुनाले मन हर्षित रहनेछ । मनोरञ्जनका क्षेत्रमा मनग्य समय ब्यतित रहने दिन रहेकोछ ।