बिश्व नेपाली साहित्य महासङ्घको अध्यक्षमा सुरेन्द्र लिम्बु परदेशी

काठमाडौ । बिश्व नेपाली साहित्य महासङ्घको  गत २८ जनवरी २०१९ को नियमित बैठकले साहित्यकार सुरेन्द्र लिम्बू परदेशीलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको छ ।

निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले अध्ययन ब्यस्तताको कारण अघिल्लो बैठकमा दिनुभएको राजीनामालाई तत्कालै अनुमोदन नगरेपछि यसपटकको बैठकमा पुनः तिगेलाले लिखित अनुरोध गरेपश्चात अन्ततः अनुमोदन गर्दै वरिष्ठ उपाध्यक्ष परदेशीलाई मनोनयन गरेको हो । परदेशी नेपाल शंखुवासभाका हुन भने वहाँको कर्मथलो भारत रहेको छ ।

वहाँले विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली साहित्यको श्रीबृद्धिकानिम्ति योगदान गर्दै आउनु भएको छ । वहाँका ३ कृतिहर्रु ‘अधुरो जीवन’ सामाजिक उपन्यास २०६१, ‘चुनौती’ कथा सङ्ग्रह २०६९ र ‘नव-आयाम वैचारिक अभियान २०७५’ प्रकाशित छन् । वहाँले परदेशीको अवधारणासाथै ‘नव-आयाम’ नामक साहित्यिक आन्दोलनलाई पनि अघि बढाईरहनु भएको छ ।

उक्त विशेष बैठकमा अध्यक्षको हैसियतबाट तिगेलाले अन्तिम मन्तब्य राख्नुहुदै साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । वहाँले अध्ययनको ब्यस्तता र महासङ्घको पदीय तथा विविध ब्यवस्थापनकोनिम्ति राजीनामा गर्नुपरेको प्रष्ट पार्नुभयो । तिगेला युकेको क्यान्टवरी सिसि युनिभर्सिटीमा राजनीति विषयमा उच्चशिक्षा अध्ययनरत छन् ।

जिम्मेवारी हस्तान्तर अघि केन्द्रीय समितिका पदाधिकारीहरुले आआफना मन्तब्य राख्नु भएको थियो र अध्यक्षमा चयन पश्चात साहित्यकार परदेशीले आफ्नो प्रतिबद्धता राख्नुभयो । विशेष बैठकलाई महासचिव डा. लेखनाथ काफ्लेले संचालन गर्नुभएको थियो । सन् २०१९ को जुलाईमा नयाँ नेतृत्वको चयन हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo