पोखरामा दिन-दिनै काण्ड !, १४ वर्षिय बालकको विभत्स हत्या (भिडियो सहित)

कास्की। पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ।

पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो। घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए। मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo