अझै निर्मूल भएन धनकुटामा हात्ती पाईले रोग ,फागुन १५ गते देखि आम औषधि सेवन अभियान सञ्चालन गरिंदै

धनकुटा । धनकुटामा हात्ती पाईले रोग निर्मूल नभएको पाईएपछि यही फागुन १५ गते देखी आम औषधि सेवन अभियान सञ्चालन गरिने भएको छ ।

धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाले आज पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ८ औ चरणमा फागुन १५ गतेवाट जिल्लाको ७ वटै स्थानिय तहमा यो अभियान सञ्चालन हुने जानकारी गराएको हो । यसअघि चलाईएका अभियान मार्फत यो रोग निर्मूल नभएपछि पून यो कार्यक्रम सञ्चालन गर्न लागिएको धनकुटा नगरपालिका स्वास्थ्य शाखा संयोजक तारा सुवेदीले जानकारी दिनुभयो ।

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २०७४र७५ मा सञ्चालन गरिएको कार्यक्रमको प्रगति विवरण अनुसार धनकुटा नगरपालिकाको ६५,पाख्रीवास नगरपालिकाको ७३,महालक्ष्मी नगरपालिकाको ८०, शहिदभूमि गाउँपालिकाको ८१, सागुरीगढी गाउँपालिकाको ७२, छथरजोरपाटी गाउँपालिकाको ६७ र चौवेसिे गाउँपालिकाको ८१ प्रतिशत जनसंख्याले मात्र हात्तीपाईले रोग विरुद्धको औषधि खाएको तथ्यांक छ । सम्मेलनमा दिईएको जानकारी अनुसार लेगुवामा हाल लेगुवामा ७ , वसन्तटारमा १ र डाडावजारमा १ जनामा यो रोगकोे संक्रमण देखीएको छ ।

क्युलेक्स जातको लाखुट्टेको टोकाईवाट सर्ने यो रोगको जीवाणु एक जनामा भएपछि अरुलाई पनि त्यही लामखुट्टेले टोके सर्ने भएकोले फेरी औेषधी वितरणको कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको स्वास्थ्यशाखा संयोजक सुवेदीले स्पष्ट पार्नुभयो । सत्रकार सम्मेलनमा जिल्ला अस्पताल धनकुटाका चिकित्सक जयन्त भगवान मिश्रले हात्तीपाईले रोग के हो रु कसरी लाग्छ रु यसका लक्षणहरु के के हुन्छन् रु र यो रोगवाट कसरी वच्न सकिन्छ भन्नेवारे सहजीकरण गर्नुभएको थियो ।

नेपालमा यो रोगबाट कुल जनसंख्याको ९० प्रतिशत प्रभावित रहेको अनुमान छ । चिकित्सक मिश्रका अनुसार जाडो भई ज्वर आउने, शरीरमा कम्पन हुने, लिम्फ नलीहरु सुनिने , रातो भई दुख्ने, हात गोडामा निलाकाला धर्साहरु देखिने, गीर्खाहरु आउने र दुख्ने, पुरुषको अण्डकोष वरपरका नशाहरु दुख्नु र फुल्नु, लामो समय सम्म सुख्खा खोकी लागी रहनु ,दम बढ्नु, रगतमा इसिनोफिलिया बढ्नु, अण्डकोष ठुलो हुनु, दुख्नु, गिर्खाहरु भेटिनु, पछि हाइड्रोसिल हुनु, महिलाहरुमा यौन अंग अथवा स्तन सुनिनु र दुख्नु,खुट्टा सुनिएर हात्तीपाईला जस्तो हुनु, हात सुनिने, पिसाबमा दुध,दहि जस्तो बाक्लो सेतो लेदो आउने र अन्त्यमा मृगौला बिस्तारै खराब हुँदै जाने,अंग सुनिने, असर्मथ ,कुरुपता, अपाङ्गता हुने यो रोगको लक्षणहरु हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo