पदाधिकारी तथा उपभोक्ताहरुलाई सामुदायीक वन व्यवस्थापन तथा स्थलगत अभ्यास

धनकुटा । पाख्रीवासको विभिन्न तीन वटा सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताहरुलाई सामुदायीक वन व्यवस्थापन तथा स्थलगत अभ्यास गराईएको छ ।

सव डिभिजन ईलाका वन कार्यलय पाख्रीवासको आयोजनामा जौटार सामुदायीक वन, महिला सामुदायीक वन र शितलादेवी सामुदायीक वन का उपभोेक्त तथा पदाधिकारीलाई वन व्यवस्थापनको वारेमा अभ्यास गराईएको जौटार सामुदायीक वनका अध्यक्ष तथा कार्यक्रमका सभापति वीर वहादुर तितुङले जानकारी दिनुभयो ।

सव डिभिजन जिल्ला वन कार्यलयका अधिकृत रामचन्द्र कँडेलको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रम पछि उनीहरुलाई वन मै लगी स्थलगत अभ्यास गराईएको तितुङले वताउनुभयो ।

जसअनुसार सामुदायीक वनको संरक्षण,प्रवद्र्धन तथा उपयोग कसरी गर्नेरु वन कसरी छाटकाँट गर्ने भन्ने वारेमा सवडिभिजन ईकाई वन कार्यलय पाख्रीवासका ललति यादवले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पाख्रीवास ३ का वडा सदस्य मान वहादुर महत सहित तीनवटै सामुदायीक वनका पदाधिकारीहरुको उपस्थिती थियो । सञ्चालन जौटार सामुदायीक वन उपभोेक्ता समितिका सचिव फूर्वा घिसिङले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo