जितपुरमा सन्चालित शिविरमा ५ सय १ जनाले लिए सेवा

विकास घिमिरे,धनकुटा ।  मंगलवार देखि जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भई रहेको दाँत संम्बन्धी स्वाथ्य शिविरमा आज बिहिबार सम्ममा ५ सय १ जनाले सेवा लिएका छन् ।

शिविरमा आंशिक दाँत लगाउने १ सय ११ सेट दाँत लगाउने १ सय १३ र दाँत फुकाल्ने २ सय ७७ जनाले आज बिहिबार सम्मा सेवा लिएको मेयरका सचिवलाय प्रमुख कमल कार्कीले जानकारी दिए ।

शनिवार सम्म संचालन हुने शिविरमा करिब ८ सय जना लाई सेवा दिने लक्ष्य शिविरमा राखिएको कार्किले बताए ।

महालक्ष्मी नगरपालिकाले पूर्वाञ्चल डेन्टल हस्पिटल इटहरीसँगको सहकार्यमा दन्त उपहार शिविर संचालन गरेको हो । दाँत फुकाल्ने र नाम दर्ता गर्ने काम भने आज बाट बन्द गरिएको कार्किले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo