पत्रकार महासंघ धनकुटा शाखा सहित पूर्व चार शाखालाई सम्मान

पोखरा । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले मुलुकभरीका शाखाहरु मध्य उत्कृष्ठ र महत्वपूर्ण भूमिका निर्वाह गर्ने शाखाहरुलाई सम्मान गर्ने क्रममा धनकुटा शाखा सहित १ नम्वर प्रदेशका चार वटा शाखालाई केन्द्रिय साधारण सभा पोखरामा सम्मान गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा क्रियाशिल रहेको भन्र्दै नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशकार्य समिति र १ नम्वर प्रदेशका धनकुटा शाखा सहित चार वटा शाखालाई आज नेपाल पत्रकार महासंघको केन्द्रिय साधारण सभा तथा विधान अधिवेशनको उद्घाटन समारोहमा सम्मानीत भएको हो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायत सम्मानीत शाखाका अध्यक्षहरुलाई प्रतिनिधि सभाका सभामुख कृष्ण वहादुर महोरा,गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्र्वी सुब्बा गुरुङ्ग, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल वास्कोटा,पर्यटन मन्त्री रविन्द्र अधिकारी,केन्द्रिय अध्यक्ष गोविन्द्र आर्चायले टिका अविर लगाई दिई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,पूर्व अध्यक्षहरु विजय सन्तोषी राई,मोहन वान्तवा,धनकुटा शाखाका पूर्व कार्यसमिति सदस्य तथा हाल केन्द्रिय सदस्य गोपाल वराइली,धनकुटा शाखाका पूर्व सहसचिव तथा १ नम्वर प्रदेश उपाध्यक्ष स्मिता निरौला,केन्द्रिय प्रतिनिधि रमशेचन्द्र अधिकारी,सन्तवीर लामा लगायत धनकुटा शाखाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

नेपाल पत्रकार महासंघका सम्मानीत हुने १ नम्वर प्रदेश र धनकुटा,सुनसरी,मोरङ्ग र झापा शाखा रहेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo