हिलेमा सञ्चलित व्याडमिण्टन प्रतियोगिताका विजयीलाई नगद,ट्रफी र प्रमाणपत्र

धनकुटा । ६९ औ प्रजातन्त्र दिवसको अवसरमा हिलेमा सञ्चलित व्याडमिण्टन प्रतियोगिताको जीत समूह “ए” वाट धनकुटाका किरण प्रधान र नारायण विक को जोडी र समूह “वी” वाट पाख्रिबास नगरपालिका १० चुङमाङका मनोज राई र अमर तामाङको जोडी विजयी भएकाछन् ।

धनकुटा नगरपालिका वडा नं १ हिलेले आज आयोजना गरेको यो प्रतियोगिताको दोश्रो समूह “ए” वाट हिलेका आशिष तामाङ र लक्ष्मण प्रधानको जोडी भएका छन् भने राम गोम्वा र युवराज वराल, पेम्वा लामा र श्रीयम श्रेष्ठ को समूह तेश्रो भएकाछन् ।

त्यस्तै समूह “वी” वाट हिलेको भोगेन्द्र थापा र सञ्जिव तितुङको जोडी दोश्रो भएकाछन् । जीत सँगै समूह “ए” तर्फका प्रथम,दोश्रो र तेश्रो हुनेले क्रमश नगद रु २५ हजार, १५ हजार र १०/१० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेकाछन् ।

त्यस्तै समूह “वी” तर्फका प्रथम र दोश्रो हुनेले क्रमश ५ हजार र ३ हजार नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको १ नं वडाध्यक्ष निरेन तामाङले जानकारी दिनुभयो । हिले व्यडमिण्टन कभर्ड हलमा सञ्चालित प्रतियोगितामा सहभागी जम्मा २० टिमलाई समूह “ए” र समूह वी गरी दुई समूहमा विभाजन गरी खेल खेलाईएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo