दलित छात्रछात्राहरुलाई गाउँपालिकाको सहयोगमा शैक्षिक सामाग्री झोला वितरण

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका भित्रका सामूदायीक विद्यालयमा अध्ययनरत दलित छात्रछात्राहरुलाई गाउँपालिकाको सहयोगमा शैक्षिक सामाग्री झोला वितरण गरिएको छ ।

शहिदभूमि गाउँपालिका वडा नं ३ शहिद पार्क पञ्चकञ्यामा गाउपालिका प्रमुख मनोज राईको प्रमुख आतिथ्यमा सञ्चालीत एक कार्यक्रमको करिव ९० जनालाई वितरण गरिएको दलित एकता समाजका अध्यक्ष सूर्य प्रकाश विश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि १ सय १० जना वढीलाई ती सामाग्री प्रदान गरिएको पनि उहाँले वताउनुभयो । भोलि वडा नं ६ को ठाकुरदेवी माविका विद्यार्थीलाई सामाग्री वितरण गरिने छ ।

अध्यक्ष विकका अनुसार शहिदभूमिगाउँपालिकाको विभिन्न सामुदायीक विद्यालयमा करिव ३ सय ८० दलित विद्यार्थी अध्ययनरतछन् । ती सवै विद्यार्थीलाई क्रमश शैक्षिक सामाग्री वितरण गरिने छ ।

कार्यक्रममा गत माघ ५ गतेवाट फागुन ५ गते सम्म सञ्चालित ड्रईभी तालिमका सहभागी ५ जना र माघ २१ देखी २४ गते सम्म सञ्चालित च्याउ खेती तालिमका सहभागी १६ जनालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo