कुन राशिको लागि आजको दिन कति शुभ ? – हेर्नुहोस् फाल्गुण ११ गते शनिबार

श्री शाके १९४० बि.स. २०७५ साल फाल्गुन ११गते शनिबार इश्वी सन् २०१९ फेब्रुवरी २३ तारीख फाल्गुन कृष्णपक्ष चतुर्थी तिथी १३ः२४ बजे सम्म पश्चात पञ्चमी तिथी चित्रा नक्षत्र गण्ड योग वालव करण १३ः२४ बजे सम्म पश्चात कौलव करण चन्द्रमा कन्या राशिमा १६ः३५ बजे सम्म पश्चात तुला राशिमा आनन्दादि योगमा काण योग सुर्य उत्तरायण शिशिर ऋतुज्यो.पं. सरोज घिमिरे/धनकुटा खबर।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।


बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आटँ र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।


मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

बिद्या प्राप्ति योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । शत्रु बृद्धि हुनसक्छन् ।


कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

। निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । पारीवरिक साथ सहयोग प््राप्त रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । आम्दानि क्षेत्र राम्रो रहनेछ ।


सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।


कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बिद्या प्राप्ति योग रहेको रहेतापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।


तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला ।


बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको छिटो बिश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनि नगनू होला । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।


धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् ।


मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, ग

मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।


कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, 

बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ ।


मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo