रियल जोडीले ल्याए ‘सोइ ढोले सोइ’ (भिडियो)

काठमाडौ । गीत गाउन लेख्नु र सुन्नु एउटा रहर मात्र नभएर हरेक जीवनको साथी को रुपमा पनि बनि रहेको छ , मानब जीवनको हरेक घुम्तीहरुमा कुनै न कुनै गीत साथी बनिरहेको हुन्छ मात्र यति हो कसैले सुन्छन मात्र होला कसैले लय बद्ध गर्छन त कसैले लेखेर साथ् दिईरहेको हुन्छ l

यस्तै प्रतिभावान गायक गायिका प्रमोद चामलिंग र निश्चल जसु राइ आफ्नो जीवनका आरोह अबरोह संगै धेरै गीत कविताहरु सिर्जना गरे पनि आफ्नो आर्थिक पारिवारिक विपन्नताको कारण देश देखि परदेशी तिर लग्न बाध्य बने तर पनि नेपाली गीत लेखनमा कलम चलाई रहे ,जुन आज एउटा आफ्नो धेरै गीत हरु मध्ये मन पर्ने सोइ ढोले सोइ साकेला गीत लिएर सार्बजनिक हुदैछन , आफ्नो जीवनको धेरै उर्बर समयहरु मलेशिया र साउदी अरेबियामा खर्चिए पनि बचेको समयमा कोरिएका शब्द हरुलाई गायक तथा संगीतकार चन्द्र श्रेष्ठको संगीतको संगीतमा क्रमिक रुपमा रेकर्ड गर्दै सार्बजनिक गर्दै छन्

परदेशमा रहदा पनि गुमनाम हुन नचाहने गायक तथा गीतकार चाम्लिङ्ग धेरै संघ संस्था हरुमा आबद्ध रहेर काम गरे र गरिरहेका छन् , त्यस्तो व्यस्तताका बाबजुद पनि नेपाली गीत संगीतमा आफ्नो समय भने पुर्याई रहेका छन् , हाल उहाका धेरै गीतहरु रेकर्ड भैसकेका छन् भने भिडिओ मार्फत बजार मा सार्बजानिक हुने तयारीमा छन् , उनका गीतहरुमा मेलिना राइ , देब्स राई , निश्चल जशु राइ , किशु गुरुङ ,मनिका किराती , बिष्णु आङ्गला ,एलिना राइ आदिले आफ्ना सुमधुर आवाजहरु दिइसकेका छन् भने चन्द्र श्रेष्ठ , राज रोबेर्ट अजनबी , शिब संगम राइ ,पुस्कर सुनुवार आदि संगीतकारहरुले संगीत भरेका छन् ,जुन गीत स्वर्णिम एल्बम मा संग्रहित हुने बताउनुभएको छ

जुन एल्बमको सम्पूर्ण लगानी इजराइलमा कार्यरत मनकारी चेली सरस्वति लिम्बु र चिज राइले गर्नु भएको छ

यस सोइ ढोले सोइ गीतमा चन्द्र श्रेष्ठ को संगीत ,प्रमोद चामलिंग र निशाल जशु राइ को स्वर र मनदीप राई सेविका राइले फिचारिंग गरेका छन् , डिजिटल जोडी मात्र नभएर वास्तविक जोडी प्रमोद र निश्चल जसुको यो गीतले साकेला नाच संगै चोखो माया पिरतीमा समर्पित जोडीहरुलाई सम्बोधन गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo