पुरा भएनन् बाचा !

धनकुटा खबर । पछिल्लो समय विद्यालय भवन निर्माण गर्न होस् या सामुदायीक भवन विद्यालय कलेजका कक्षा संचालन देखि लिएर अन्य सामाजीक काम गर्नका लागि धार्मिक तथा सामाजीक अभियान चलाएर दानस्वरुप चलअचल संम्पती संकलन गर्ने चलन व्यापक रुपमा जताततै भएको पाईन्छ तर यस्ता अभियान र कार्यक्रमा दान र सहयोग गर्ने भनिएका प्रतिवद्धता भने बर्षै सम्म पुरा नगर्ने चलन पनि उतिकै रहेको देखिन्छ ।

धनकुटाको छथरजोरपाटी गाउँपालिकाको सिंधुवामा  रहेको सरस्वती माध्यामिक विद्यालयलाई बहुमुखी क्याम्पस संचालनका लागि सहयोग संकलन गर्न २०७२ सालमा पुराणको आयोजना गरियो र त्यस बाट करिब ३९ लाख रुपैयाँ नगद र ४१ रोपनी जग्गाको प्रतिबद्धता आयो त्यतिबेलै विद्यालयका शिक्षक–कर्मचारीको तलवबाट विद्यालयको सहयोगका लागि भन्दै जनहि २६ हजार रुपैयाँसम्म काटियो ।

तर सामाजिक प्रतिष्ठा आर्जनका लागि दान दातव्य र सहयोगका ठूला प्रतिबद्धता गर्ने समाजका ठूलाबडा र लब्धप्रतिष्ठित हरुलेनै बचन पुरा गरेनन् । समुदायीक विद्यालय तथा कलेजहरुको स्तरोन्नती र थप कार्यक्रम संचालनका लागि सहयोग जुटाउन गरिने यस्ता धार्मिक र सामाजिक अभियानमा सामाजिक प्रतिष्ठा बटुल्ने लालसाले यस्ता सार्वजनिक समारोहमा नगद र चलअचल सम्पती प्रदान गर्ने मौखिक होडबाजी नै चल्छ ।

तर सरस्वती माध्यमीक विद्यालय लाई सहयोग गर्ने भनेर गरिएको प्रतिबद्धता अनुसार अझै ४१ रोपनी जमिन र ११ लाख रुपैयाँ नगद अझै सम्म विद्यालयको स्वामित्वमा आउन नसकेको सरस्वती मावि सिंधुवाका निमित्त प्रधानाध्यापक लोकबहादुर अधिकारीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo