एक नम्बर प्रदेश स्तरिय महिला फुटबलको फाइनल खेल शुक्रबार : फाईनलमा ताप्लेजुङ्ग र मोरंग बीच भिडन्त

धनकुटा । धनकुटामा संचालन भैरहेको प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको सेमिफाईनल खेलमा मोरंगले झापालाई र ताप्लेुङ्गले उदयपुरलाई हराउदै फाईनलमा पुगेपछी भोली फाईनलमा मोरङ्ग र ताप्लेजुङ्ग विच भीडन्त हुने भएको छ ।

बिहिबार भएको पहिलो खेलमा मोरङ्गले झापालाई शुन्यको विरुद्ध एक गोल गरेर फाईनलमा प्रबेश गरेको हो ।मोरङ्गको तर्फबाट जर्सी नम्वर ८ का रेष्मा राईले गोल गरेकी हुन । यसैगरी ताप्लेजुङ्गले उदउपुरलाई शुन्यको विरुद्ध २ गोल गर्दै फाइनलमा पुग्न सफल भएको थियो । ताप्लेजुङ्गको तर्फबाट जर्सी नम्वर ९ का अनुष्का शेर्पा र सुष्मा खातीले एक÷एक गोल गरेका थिए ।

पहिलो खेलमा म्यान अफ दी म्याच घोषित भएकी मोरङ्गकी जर्सी नम्वर ८ की रेष्मा राईलाई सशस्त्र प्रहरी बल ६ नम्वर गुल्मका गुल्मपती डिएस पी बालकृष्ण श्रेष्ठले र दोस्रो खेलमा म्यान अफ दी म्याच घोषित भएकी ताप्लेजुङ्गकी जर्सी नम्वर ९ की अनुषका शेर्पालाई फुटवल संघ धनकुटका पूर्व अध्यक्ष शुम्भु प्रधानले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रदेश नम्वर १ का १४ वटै जिल्लाहरुले भाग लिएको उक्त महिला फुटवल प्रतियोगिताको फाईनल खेल शुक्रबार मोरङ्ग र ताप्लेजुङ्ग विच हुने र तेस्रो स्थानका लागी उदयपुर र झापा बिच हुने जिल्ला खेलकुद विकास समिति धनकुटका प्रमुख नविन प्रधानले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo